Sunday, 25 August 2013

गजल


अलिकति क्षमता,अलिकति आश मिसाईदियो भने
फल्नेछ सुन पाखुरीमा विश्वास मिसाईदियो भने

देख्नेछौ कसरी पुरै समुन्द्र पिउँछ मान्छे
पानीमा पनि मदिराको प्यास मिसाईदियो भने

थियो , सायद यो संसार अर्कै हुने थियो
आँसुमा पनि थोरै उल्लास मिसाईदियो भने

थाहा हुनेछ,कसरी पोल्छ मुटु,बर्सिन्छ आँसु
छातीमा बादल आँखामा आकास मिसाईदियो भने 

Thursday, 8 August 2013

शहर


शहर
भोरको झिसमिसेमै
प्रेमी न्यानो अ“गालोमा
ओथारो बस्ने
प्रेमी कम र प्रणय बढि जोडिहरु
चिसो विहानीमा
तातो उत्तेजना प्रस्तुत गर्नेहरु
युक्ल्प्टिस बनेर
उजाडिई सकेपछि
भर्खरेै रिलिज भएको हाउसफुल
फिल्मको, दोस्रो सो जस्तै
दोस्रो सिरिजका
जोडिहरु हि“उ बनेर पग्लिने बेला
शहरहरु विस्तारै विस्तारै
आºनै प्रवेगमा
ढिलो गरि ब्यु“झन्छन ।।।

क्षयरोगिको छातीजस्तै
घ्यार घ्यार आवाजको
कर्कश संगितमा
विडम्वनाको विषालु स्वर घोलेर
निस्केको आलापित शब्दमा
दा“त फुस्केको तोते बोलिले जस्तै
विना सुर
विना ताल
शहर दिनभरी भजिरहन्छ
पिलो परेको
जिन्दगीको गित ।।।

गानिएको छातीजस्तै
अटसमटस  विकासका
ठेलमठेल योजना भिरेर
बार्षिकी सफाई पनि नपुगेको
काखीजस्तै ह्वास् गनाउने
चोक बोकेर
आºनो कम र जा“डको बढि
तालमा नाच्ने जड्याहा जस्तै
                       

                   
शहर दिनभरी नाचिरहन्छ
खाली आगो पिएको
वाहानामा र
खोस्रिन्छ आफुमनिको जमिन
सुत्केरी ब्यथा लागेझै
हुदै नभएको गर्भको लागी ।।।




Wednesday, 7 August 2013

न पोखिएको बिद्रोह


नपोखिएको विद«ोह

ऊद्धेलित छातीमा
विद्रोहको ज्वालामुखी बोकेर
सुर्य लाल लाल भई
धर्तीमा पोखिएको बेला
भट्टीको दुर्गन्धित“परºयुम “
वकल्दै
ऊ,घोप्टिन्छ
ऊस्तै तर बा“सी
गन्धले ढाडिएको विछ्यौनामा
जहा“ ऊसको
अङ्कुरित शुक्राणु 
निसन्देह मुस्कुराईरहेछ।


ऊसलाई ज्ञात छ 
समयको
कारण
यो बर्बर बनेर पोखिनेछ
जुन दिन ऊसको काटेको गा“समा
शिशु अघा“उदैन
त्यसैले
ऊ कु“ध्न थाल्छ
झुपडीका छ वटै भित्ताहरुमा
विद्रोहको कोलाज
र 
थमा“उछ स“गिन
कलिला हत्केलाहरुमा
सुदुर भविश्यको गोरेटोमा डोरिदै

यसरीनै प्रत्येक 
सुर्यास्त पछिका प्रहरहरुमा
ऊ
“अल्कोहलको“ धुमिल “कलरले“
क्रान्तिको “क्यानभास“ सजाउ“छ
र
निदाउ“छ
“एब्ट्राक्ट“ विलकुल “एब्ट्राक्ट“
“पेन्टिङ“ काखी च्यापेर
गुन्दी«को एकसरो “वेडमा“
तर 
भोरको झिसमिसेमा 
रंगहरु ˚ुङ्ग उड्छन
र
रेखाहरु हराउ“छन
त्यसैले ऊ निस्कन्छ
क्रान्तिको अर्को पेन्टिङ कोर्न
र
भरेको जोहो टार्न

जुन दिन
ऊ र ऊ जस्तैहरु
विद«ोहका अल्कोहलिक
ठुटाहरु चिसो एस्ट्रेमा
ठोस्दैन्न
त्यसदिन ठुटो मसाल बन्नेछ र पोखिनेछ
अलिसन महलहरुमा
र
˚ुकिनेछन 
स्वतन्त्रताका मुक्त सन्हाईहरु ।।

पर्खाई

कविता : पर्खाई 

बुढो सिमलको रुखमुनि 
छिद्र छाँयाहरुमा 
सुस्केरा हालेर 
मैले कयौ पटक चिरेको छु मौनताहरु
र 
तिम्रो सम्झनाको 
दिग्भ्रमित नशामा 
धेरै पटक
अनायासै सुम्सुमाएको छु
साँझमा लम्बिएका
जोडी चिलका प्रतिबिम्बहरु

मुक्त्तक


यसरी  प्रेमको चार  किल्ला ठोक्दा म छक्क परे ।
आऊ“दा आऊ“दौ हा“सो तिम्ले रोक्दा म छक्क परे ।
लाग्दैन्थ्यो  सपनालेनि  दिल चोरेर  लान  सक्छ ।
कोट्टयाउ“दै भ“ुर्ई एक्कासी ओठ टोक्दा म छक्क परे ।

मुक्तक



जे गरेनी अन्तत त्यहि पलकै  झझल्को आउ“छ ।
अनायसेै मच्चिएको हलचलकै झझल्को आउ“छ ।
तिमीस“ग छुट्टिएपछि  के  बानी  प¥यो खै यस्तो
सि¨ै भट्टी सिद्धाउदानी वोत्तलकै झझल्को आउ“छ ।

मुक्त्तक



कोही भन्दा  पनि  कोही कम भेट्दिन ।
मन बुझाउ“ने ठा“ऊ  एक रम भेट्दिन ।
छाती र मुटु पोल्दा पिउने सोम रस मानि
हिजो  आज कुनै  पनि   दम  भेट्दिन ।

मुक्त्तक




रक्सीले तिर्खा मर्न  मानेन  भन्थ्यो ।
मलाई पनि पिउनलाई जानेन भन्थ्यँे ।
सा“हिलीको भट्टी बन्द भएको गुनासो पछि
खुईलिएको ब“ैसले माग धानेन भन्थ्यो ।

असह्य हुनेछ


असह्य हुनेछ

मलाई सम्झना भएसम्म 
त्यो सा“झ
तिम्रौ आग्रहमा रात र विहानी ह«दै
भोलीसम्म लम्बिएको थियो ।।।  

प्रिय सुनकला 
रातको खग्रास अ“ध्यारोमा
तिम्रो प्रणयको रेशमी त्वजा्
शितको चुम्बनमा
मुस्कराएको गुलाफ जस्तै
प्रेमको अनि“दो पहाडको छेलमा
उदाएको थियो ।।।

प्रिय सुनकला
तिम्ले नै देखाएको
हरियो संकेतको डोरेटोमा
म तिम्रा आन्तरिक 
भुगोल र Ôेत्रफलमा
निसंकोच विचरण गरेको थिए
र
प्रत्युत्तरमा 
तिम्ले देखाएको उदारताको 
म आज पनि ऋणी छु ।।।

प्रिय सुनकला
कथित प्रेमको
भौतिक सम्झौतामा
तिम्ले नै पहिला
हस्ताÔर गरेकी थियौ र
तिम्ले चढ्न चाहेको शिखरमा
मैले केवल
हात थामेको थिए 
उक्त पल तिम्ले मलाई
के सम्झिएउ
म दोधारमा छु
यन्त्र कि मान्छे ? ।।।    

आज उक्त पल 
प्रेम विघटनको सा“घु बनेको छ
ठिक छ सुनकला
म स“ाघु त तर्ने छैन तर
तिम्ले त¥यौ भने असह्य हुनेछ ।।।

गजल





छोराले  अरबमा  कमाउदै छ ।
अर्थात न टेक्दै न समाउदै छ ।

कृपया,पत्रकार बन्धुहरु होसियार
अपराधले अÔरहरु चपाउदै छ ।

मेरा आ“खामा के आ“सु नझरोस
बलत्कारले सालिकहरु रुवाउदै छ ।

उसले क्रान्तिको उद्घोÈ गरेर
बालकलाई हतियार थमाउदै छ ।

यो देशमा पसिना नपोखे हुन्छ
रेमिट्यान्समा सरकार रमाउदै छ ।

अरे, पि“ठ्यु पछिबाट छुरा रापेर
पथ्थरलाई कोही सुम–सुमाउदै छ ।



गजल




यादहरुले दिलमा यसरी घर बनाईरहेछन
सम्झनाले पुरै विरानो शहर बनाईरहेछन ।

साला, आमाले मुर्ती पूजेको  पूज्यै छिन
छोराहरुले मन्दिरमा जहर बनाईरहेछन ।

भोकले  मरेको समाचार काखी च्यापेर
कवि सिङ्गो भट्टी पिउने रहर बनाईरहेछन ।
                               पथ्थर



गजल


जब ह्दयलाई केहीले डस्छ नजानी नजानी
अनि आ“खाबाट आ“शु खस्छ नजानी नजानी ।

भो अब  छाती  पोलेको  गुनासो गर्दै नगर
भनेकै थिए दिलमा ऊ बस्छ नजानी नजानी ।

तिम्लाई   लोग्ने   लाटो परेर  केनै भयो?
बढुवा हुन ठा“उमा तेल घस्छ नजानी नजानी ।

खान नपुगेको बिहान यो गजलकारले पनि
पासपोर्टसंगै झिटीगुन्टा कस्छ नजानी नजानी ।

जब भगवानले पनि यो पथ्थरको संगत गर्छ
साभ“mमा ऊ पनि भट्टी पस्छ नजानी नजानी ।
         पथ्¥योदास विशालान्त




गजल


कसैले यहाँ मेरो गजलको वदला यसरी लियो
पैला औलाहरु काट्यो अनि पछि कलम दियो ।

हिजो जसले खजना निष्फिक्री जथाभावी बाड्यो
आज उहि प्रश्न गरिरहेछ भण्डार कसरी रित्तियो ।

झुपडीहरुमा तिनीहरुलेनै आगो लगाए,र तापे
जो सँग लगाव समर्पण आस्था र विश्वाश थियो । 

दरवारमा बस्नेहरुले अब यो बुझ्न जरुरी छ
सेतो झण्डा के किन र कसरी रगतले पोतियो ।








गजल


अरे,मुस्कानले नै धारिलो प्रहार गरेर
किन आउछेउ यस्तो  ऋंगार गरेर ?

यो कस्तो उद्मोग हो?विदेश पठाउँछ
सधँै शिÔित वेरोजगार  तयार गरेर ।

प्यास यस्तो हुन्छ, नदि समुन्द्र पुग्छ
कयौँ पहाड,जंगल र फाँटहरु पार गरेर ।

कोही आपूलाई यहाँ बहादुर भन्दैछ
खुट्टा लगाइएको बुख्याँचा शिखार गरेर ।

त्यसै पठाएको हैन तिम्लाई मेरो मुटु
पठाएको हँु यार हररात विचार गरेर । 

गुनासो


आफु  अध्यन गरिरहेको क्याम्पसमा अझै पनि गजल र गजल प्रतिको विकृत धारणाले पुरै परिवर्तन नपाएको अबस्था देखेर हैरानी महसुस गरिरहेछु यतिखेर । साहित्तिक संजाल स्थापनाको यति समय बितिसक्ता पनि गजलको नाममा अश्लिलता प्रस्तुत गर्नेहरुले  गाडेको जरोको फेद अझै भेटिएको छैन ,कमसेकम गजल नियमहरुलाई न्याय गर्न नसकेपनि भावअभिव्यक्तिमा घुमाई फिराई अपभ्रमसित फ्रायड प्रस्तुत नगरे कति राम्रो हुँदो हो ।दैनंती संचालन हुने कार्यक्रममा त्यस्ता रचनाहरु  प्रस्तुतिमा संचालक हरुले अब रोक लगाउन आबश्यक छ ।र आफुलाई महानायक सोच्ने कतिपय किताबी इन्जिनियरहरुले यो थाहा पाउन साहित्य ह्युमर को खेति हैन ,यस्ता आफ्नै अस्तित्व र औकात थाहा नपाएकाहरुप्रति अरु  मेरो कुनै गुनासो छैन पनि ।तर कुरा क हो भने म  गजल लेख्छु भन्दा शिर झुकाउनु पर्ने स्थिति नरहोस् यत्ति हो ।आज पनि जुनसुकै साहित्तिक संथामा नारीको  बलियो  उपस्थिति देखिन्न ,र यस्तै क्रियाकलापले  भएको  नारी  सहिस्नु बाताबण खलबलाउने आधिकार कसैलाई छैन  ।उदेक त त्यति बेला लाग्छ जब सिर्जनानै नसुनी मुख बटारछन् खोक्रे बुज्रुकहरु ।आफैलाई पतित बनाउने काम कंहि कतै बाट नहोस मेरो आशय त्यति हो ।सृंगार  प्रस्तुत गर्नै  नहुने भनेर नबुझियोस तर तेस्लाई कस्तो कलर दिने आफ्नो संयमको पनि कुरा हो ।  अनुभबको नाममा विख पिउन र शृंगारको नाममा नांगै हिन्न मिल्दैन  र यसो गरिहाले कस्तो नतिजा आउछ सबैलाई चेतना भया ।            

Wednesday, 31 July 2013

SUMIT'S BLOG: LCD interfacing in 4 bit mode using AT89s52

SUMIT'S BLOG: LCD interfacing in 4 bit mode using AT89s52:     Today I am going to make you learn to interface LCD(based on HD44780 LCD controller) in four bit mode using AT89s52 MCU. First, I will...

सुमन लम्साल : मात्र तीन शेर:

सुमन लम्साल : मात्र तीन शेर:: खोजि हिँडे कहाँ छु म कुनको आँखामा ।।   रैनरैछु आज आफ्नै जूनको आँखामा ।।    कुनै बेला यस्तो बिज्ञापन गरेको थेँ, म हराए खोज्न जानु उ...

Tuesday, 23 July 2013

Friday, 19 July 2013

गजल

                         जसको भाग्य भगवान पुरापुर बनाउछ ।
                                                समयले उसैलाई मजदूर बनाउछ ।

                                                 ऊ नोकर न हो,सानो गल्तीले पनि
                                                   मालिकलाई रिसले चुर बनाउछ ।

                                                 प्रमाणपत्रले  कसै खान नदिए पछि
                                                  वेरोजगार विदेशिने सुर बनाउछ ।

                                               हिजोआज त्यो पसलमा धेरै भिड लाग्छ,
                                                 जवानीले प्याजलाई कपुर बनाउछ ।

                                                 मन्दिर ठड्याउछ,मुर्ती राख्छ मान्छे
                                                    अनि रगत पोतेर गजुर बनाउछ ।

                                                    कसैले सक्दैन पथ्थरलाई पगाल्न
                                                     मदिराले नौनी जरुर बनाउ“छ ।