Wednesday, 7 August 2013

पर्खाई

कविता : पर्खाई 

बुढो सिमलको रुखमुनि 
छिद्र छाँयाहरुमा 
सुस्केरा हालेर 
मैले कयौ पटक चिरेको छु मौनताहरु
र 
तिम्रो सम्झनाको 
दिग्भ्रमित नशामा 
धेरै पटक
अनायासै सुम्सुमाएको छु
साँझमा लम्बिएका
जोडी चिलका प्रतिबिम्बहरु

No comments: