कसैले यहाँ मेरो गजलको वदला यसरी लियो
पैला औलाहरु काट्यो अनि पछि कलम दियो ।
हिजो जसले खजना निष्फिक्री जथाभावी बाड्यो
आज उहि प्रश्न गरिरहेछ भण्डार कसरी रित्तियो ।
झुपडीहरुमा तिनीहरुलेनै आगो लगाए,र तापे
जो सँग लगाव समर्पण आस्था र विश्वाश थियो ।
दरवारमा बस्नेहरुले अब यो बुझ्न जरुरी छ
सेतो झण्डा के किन र कसरी रगतले पोतियो ।
No comments:
Post a Comment