Monday, 17 September 2018

भबिस्य अर्थात भोली


कहिलेकाही मेरो दिमाग खुब चिलाउछ । अब छाला नै चिलाएको भए केही उपाय लाग्थ्यो होला, दिमाग चिलाको बेला नजिकैको फार्मेसी पसेर ओखती किन्ने मुड पनि नपलाउदो रछ ।


मानौ, अहिले सन २२१८ हो र म रानीपोखरीको डिलमा हिड्दै गर्दा सगरमाथा चढ्ने रहर पलायो । तपाईं सोध्नुहोला, २२१८ सम्म हामी मध्धे कोही पनि
बाच्दैनौ।ठीक छ मान्नुस् कि म २१९५ मा फेरी जन्म लिनेछु । अब त तपाईं बताउन सक्नु हुन्छ होला, म कसरी सगरमाथा चढ्ने छु । तर मलाई फ्याट्ट सोच आयो हिमालयन जाभाले कतै आफ्नो नयाँ शाखा सगरमाथाकै चुचुरोमा पो खोलिसकेको हुनेछ कि ?
यस्तो कल्पना आयो भने तपाईं के गर्नुहुन्छ ? मलाई भने पशुपती जान मन लाग्यो र प्रथाना गरे,भगवान मलाई अबको २०० बर्ष पछी पनि मान्छेनै बनाएर जन्म दिनु, त्यस अघी कुकुर, बिरालो, मुसो, सर्प जे बनाएर जन्म दिदा पनि हुन्छ । मलाई खुब खुशी मिल्यो, ढुक्क भए भगवानले मेरो कुरा सुन्नेछन । त्यसपछी मलाई मैले २०० बर्ष पछी कस्तो चिज भोग्ने हुला भन्ने कुराले खुब खुल्दुली मच्चायो, र गुगल सर्च गर्न थाले । के थाहा, म जस्तो कोही सन्कीले रिसर्च गरेर के के राखेको पो छ कि ?

१) त्यतीबेला मेरो कुनै दुर्घटना नपरे, कसैको प्रेममा परेर आत्महत्या नगरे वा केही गरी प्राकृतिक उमेर बाँच्न पाए म दुईसय बर्ष बाँच्न सक्ने रहेछु । हैट्ट म कती भाग्यमानी त्यसपछीको दुईसय बर्ष पनि हेर्न पाउने भए । तपाईं अहिले नै मलाई आशिर्बाद दिनुस, मलाई धोका नदिने मान्छेसँग प्रेममा परोस भनेर, नत्र म मुडी छु, मलाई दुईसय बर्ष बाँच्न रहर नलाग्न सक्छ । फेरी प्रेम नगरी म कसरी बाच्नु । केटा भएर जन्मे भने सोच्नुस् त कस्ता राम्रा आकर्शक केटीहरु भेट होलान । त्यतीबेला त १०-१५ मिनेटको कस्मेटिक सर्जरी नै गरेर भए पनि कोही भन्दा कोही कम हुने वाला त पक्का छैनन ।

२) अहिले रुघा-खोकी लागे पनि, अस्पताल दौडीहाल्नु पर्छ, त्यतीबेला हातमा सिस्टम रेगुलेटर डिभाईस हुनेछ । सानो डिफेक्ट भेटियो कि रिमेडी दिहाल्ने । जस्तो कि आज आरबीसी घट्यो । अब सिस्टमले कतीओटा अनारको दाना खाने अाफै बताउने छ । खादा-खादै धेरै भए त्यो पनि भन्नेछ । फेरी म अटेरी छु, त्यती बेला त्यस्ले भनेको मान्छु कि मान्दिन होला । त्यो रिस्ट स्मार्ट डिभाईस एप्पल को होला कि सामसुङको ? कि तपाईंले बनाउने सोच्नु भएको छ ? छ भने, तयारी थाली हाल्नुस्, बडो ब्यापारिक सम्भावना छ ।

४) लामो समय बाँच्नको लागि काम नभएको वखत म हाइबरनेट पड ( Hibernate Pod) मा सुत्नेछु । मलाई महँगो पर्ने अक्सिजन र पानीको बचत गर्न यो एकदम लाभदायक हुनेछ । त्यस्को साटो म बिद्युतिय शक्तीलाई ATP मा कन्भर्ट गर्नेछु र सिधा कन्ज्युम गर्नेछु, त्यसो गर्द कोशहरुको काम कम हुन जान्छ र म कम बुढो हुनेछु ।

३) त्यतीबेला धुर्मुस सुन्तली जन्मे भने, रोबोर्टको एकीक्रित नमुना बस्ती बनाउनेछन । कम्प्युटर पन्डित भन्छन कि, मान्छे र AI सिस्टम लगभग बराबार हुनेछन । मेरो खाजा, खाना, कफी, लुगा सब्बै रोबोर्टले म्यानेज गर्नेछन । रोबोर्टले रिसाएर, झोक्राएर आन्दोलन त सायद गर्दैन होला, गरीहाल्यो भने त म बर्बाद हुन्छु । तर अली-अली ढुक्क भने भएको छु, त्यती बेला सब्बैलाई प्रोग्रामिङ आउनेछ र् मैले रिसाउने कोड अल्टर गर्दिने छु । आशा गरौ, रोबोर्ट अधिकारकर्मीले मलाई सताउने छैनन । 

 ५) त्यो बेला क्वान्टम टेलीपोर्टेसन सुरु हुनेछ, अर्थात हामी स्पेस बाहेकका अरु डाईमेशनमा पनि ट्राभल गर्न थाल्नेछौ । डाटा र डकुमेन्ट त सोच्न नपाउदै ट्रान्सफर हुनेछन । अहिले भएको प्लेनलाई रकेटले बिस्थापित गरेको हुनेछ । शायद एयरबस र बोइइङ सट्टा एलन मस्कको कम्पनी स्पेश एक्स को उत्पादन बढ्ने छ ।



तपाईंलाई अहिले यती नै पढ्दा पनि साह्रै अल्छि लागिसके होला । त्यती बेला सम्म तपाईंको र मेरो भेट भयो भने यो डकुमेण्ट डाईरेक्ट तपाईको दिमागमा राख्न मिल्नेछ । तनाब नलिनुस् न साच्चै, अहिले नै पनि ईलोन मस्क यही प्रोजेक्टमा लागेको छ । हेर्नुस् मेरो मुख्य प्रश्न म सगरमाथा कसरी जानेछु भन्ने हैन ? त्यो त म नाईट स्टेको लागि साझ काठमाडौंबाट हिंड्नेछु र मेरी प्रेमिकासँग चुचुरोमा रात बिताएर फर्कने छु ।


पुनश्च : माथि गरिएका प्रेडिक्सनहरु बिभीन्न रिसर्चबाट लीईएका हुन । अहिले भने सब्बै प्रेडिक्सन लेख्न मुड चलेन, मैले भने नि म मुडी छु । 🕉️🕉️

No comments: