Wednesday, 31 July 2013

SUMIT'S BLOG: LCD interfacing in 4 bit mode using AT89s52

SUMIT'S BLOG: LCD interfacing in 4 bit mode using AT89s52:     Today I am going to make you learn to interface LCD(based on HD44780 LCD controller) in four bit mode using AT89s52 MCU. First, I will...

सुमन लम्साल : मात्र तीन शेर:

सुमन लम्साल : मात्र तीन शेर:: खोजि हिँडे कहाँ छु म कुनको आँखामा ।।   रैनरैछु आज आफ्नै जूनको आँखामा ।।    कुनै बेला यस्तो बिज्ञापन गरेको थेँ, म हराए खोज्न जानु उ...

Tuesday, 23 July 2013

Friday, 19 July 2013

गजल

                         जसको भाग्य भगवान पुरापुर बनाउछ ।
                                                समयले उसैलाई मजदूर बनाउछ ।

                                                 ऊ नोकर न हो,सानो गल्तीले पनि
                                                   मालिकलाई रिसले चुर बनाउछ ।

                                                 प्रमाणपत्रले  कसै खान नदिए पछि
                                                  वेरोजगार विदेशिने सुर बनाउछ ।

                                               हिजोआज त्यो पसलमा धेरै भिड लाग्छ,
                                                 जवानीले प्याजलाई कपुर बनाउछ ।

                                                 मन्दिर ठड्याउछ,मुर्ती राख्छ मान्छे
                                                    अनि रगत पोतेर गजुर बनाउछ ।

                                                    कसैले सक्दैन पथ्थरलाई पगाल्न
                                                     मदिराले नौनी जरुर बनाउ“छ ।





मुक्त्तक

न देश सिकाइन्छ न देशको आभिभारा सिकाइन्छ
न चाँदनी सिकाइन्छ  हजुर न दोधारा सिकाइन्छ
ए बाबा अब यो देशको विकास कसरी सम्भब छ
बाबुनानीहरुलाई कखरा लगत्तै नारा सिकाइन्छ  ।

Thursday, 18 July 2013

गजल

अरे मेरो यँहा यस्तो पहिचान छ ।
अनुहारमा मुस्कान छातीमा तुफान छ ।

उस्को बानी पटक्कै सुध्रिदै सुध्रिएन
जस्तो कुकुरको पुच्छरको उखान छ ।

सरकार तिनको आसुँ कसरी पुछ्छस?
आफन्तको न मुर्दा छ न चिहान छ ।

तिमीनै भनन निन्द्रा पर्छ कि पर्दैन
लोग्नेको तस्बिरमा बिधवाको सिरान छ।

जती घमन्ड गरेनी मेरो दिल जलेको

उप्चार नगर्ने,अपुरो त त्यो बिज्ञान छ।

Sunday, 14 July 2013

SUMIT'S BLOG: HM-TR interfacing with AT89s52

SUMIT'S BLOG: HM-TR interfacing with AT89s52: HM-TR 434 is a wireless radio frequency module with default configuration(9600,8,N,1). In this post i am going to give a tutorial on inte...

Friday, 12 July 2013

गजल

तेरो सम्झना मात्र घरीघरी घर आउछ ।
परदेशी छोरालाई आमाको उत्तर आउछ ।

कस्ता होलान बिधवाका रातहरु,जस्लाई 
सुहागरात र लोग्नेको याद परस्पर आउछ ।  

शिशिरमा जस्तै नांगिएपनी, उजाडीएपनी
बसन्तमा उस्तै मौसम र ययावर आउछ ।

अरे,म कसरी प्रणय गजल लेँखु प्रियसी
खाली देश र देशको अवस्था नजर आउछ ।

सबै प्रमाणपत्रहरु आगो लगाइदिउ र ताँपौ
मनमा कहिलेकाही यस्तो पनि रहर आउछ ।

कसैले यो त बताइदेउ,यी मान्छेहरुको 
कहिले सिङ पलाउछ,अनी पुच्छर आउछ ।


गजल

बादलले सधैं यादहरु बोकेर ल्याउछ।
अनी किन मै माथि आएर बर्षाउछ।

अरे तिमीले मुरली जसरी फुक्नेछौ
त्यसबाट आवाज त्यसरिनै आउछ ।

न नुनिलो हुन्छ न अमिलो हुन्छ,तै
तिम्रो वचनले घाउ किन चहराउछ?

आँसु भरिएका झुपडीका खोपाहरुमा
उल्टै सरकार छापा मारेर  सताउछ।

ऊ  जाने बेला मलाई यै भनेर गई  
ज्ञात होस् बनको चरी बनमै रमाउछ।

उ यसरी लोभियो,कुरेर बस एकदिन
पक्कै पनि खाममा मुटु राखेर पठाउछ।

भट्टि बन्द भएपछी,अब उ आफ्नो  
दिल कसरी टाल्छ कसरी सिलाउछ।    
 
    
    

       

कबि फूल र भट्टी

इतिहास ,आँसु
र
दरिद्रता कटकटीएको
दुब्लो मैलो
पुरानो  कुष्ठरोगिझैँ
शहरभन्दा टाढा
छाउपडित भट्टीमा  
क्षयरोगी टिनको खोपाबाट
माटोको घैलामा
फर्मेंन्टेड अल्कोहल खन्याएर
कबि पोखिन्छ प्यालाभरि
र पोत्छ आफ्नै जिन्दगीको पोर्टेड
पीडाले सिरोसिस कलेजो
बेदनाले पत्थर परेको  मृगौला
संवेगको इथानोल बगेका नसाहरु 
निराशाको धुँवाले जाली बनेको फोक्सो
सान्तवनाको आयोडेक्सले  मृत पयर
र 
येनेस्थेटेड रहरहरुको 
सुमेरु पर्बत ।


अँह उ बिर्सिन्न बनाउन
आँसुले रंग उडेको  आँचलको  फेरो
प्रियसीको  लत्पतिएको गाजल
तापले पग्लेको नौनी अनुहार
उष्ण कुवा परेका खडेरी नयन
भारले बाँगीएका खुट्टाहरु
रहरले जन्माएको सन्तान 
र काँडा बिझेका
उसका मैन पैतालाहरु
कुइरो लागेका स्फटिक नानीहरु
आशाहरु बिछ्याईएका
सपनाका हिउँ तन्नाहरु
र 
अन्त्यमा मिसाउछ अलिकति
आफ्नो बैंसको अत्तरी प्रेम
जुनेली रात भुलेको न्यानो आलिंगन
हिनहिनाउदै मेटेको प्यास   ।
 

अब
गोधुली छिप्पिएर रात बनेपछि
परिवर्तनको  तुइन चढेर
हिलो माटो फूल बनेझै
प्रोटेट बद्लिन्छ
बयस्क कवितामा
र रेखी बस्छन विचारहरुका
अनि कबि निस्कन्छ भट्टीबाट
चिर्दै कालरात्रि  
बिरोधको चिराक बोकेर
मानौ, क्रान्तिको कोपिला
भर्खर फक्रेको छ  ।