Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Saturday, 9 November 2013

गजल

ऊसैको जित ऊसैको मान पनि
साहुकै भयो खेत खलियान पनि

जिन्दगी सुम्पेर पुरै , पुगेन अरे
लान्छु भनेको छ मेरो चिहान पनि

कमाइले धान्दैन ,पिरमा छ छोरो 
आमाबाउको एकमुठि परान पनि

तिम्रो आचलको फेरोमा सुस्तउदा
हराउछ जीवनभरको थकान पनि

कतिबेला कतिबेला, पत्तै हुदैन
हातबाटै भर्छ समय उडान पनि

Sunday, 25 August 2013

गजल


अलिकति क्षमता,अलिकति आश मिसाईदियो भने
फल्नेछ सुन पाखुरीमा विश्वास मिसाईदियो भने

देख्नेछौ कसरी पुरै समुन्द्र पिउँछ मान्छे
पानीमा पनि मदिराको प्यास मिसाईदियो भने

थियो , सायद यो संसार अर्कै हुने थियो
आँसुमा पनि थोरै उल्लास मिसाईदियो भने

थाहा हुनेछ,कसरी पोल्छ मुटु,बर्सिन्छ आँसु
छातीमा बादल आँखामा आकास मिसाईदियो भने 

Wednesday, 7 August 2013

गजल





छोराले  अरबमा  कमाउदै छ ।
अर्थात न टेक्दै न समाउदै छ ।

कृपया,पत्रकार बन्धुहरु होसियार
अपराधले अÔरहरु चपाउदै छ ।

मेरा आ“खामा के आ“सु नझरोस
बलत्कारले सालिकहरु रुवाउदै छ ।

उसले क्रान्तिको उद्घोÈ गरेर
बालकलाई हतियार थमाउदै छ ।

यो देशमा पसिना नपोखे हुन्छ
रेमिट्यान्समा सरकार रमाउदै छ ।

अरे, पि“ठ्यु पछिबाट छुरा रापेर
पथ्थरलाई कोही सुम–सुमाउदै छ ।



गजल




यादहरुले दिलमा यसरी घर बनाईरहेछन
सम्झनाले पुरै विरानो शहर बनाईरहेछन ।

साला, आमाले मुर्ती पूजेको  पूज्यै छिन
छोराहरुले मन्दिरमा जहर बनाईरहेछन ।

भोकले  मरेको समाचार काखी च्यापेर
कवि सिङ्गो भट्टी पिउने रहर बनाईरहेछन ।
                               पथ्थर



गजल


जब ह्दयलाई केहीले डस्छ नजानी नजानी
अनि आ“खाबाट आ“शु खस्छ नजानी नजानी ।

भो अब  छाती  पोलेको  गुनासो गर्दै नगर
भनेकै थिए दिलमा ऊ बस्छ नजानी नजानी ।

तिम्लाई   लोग्ने   लाटो परेर  केनै भयो?
बढुवा हुन ठा“उमा तेल घस्छ नजानी नजानी ।

खान नपुगेको बिहान यो गजलकारले पनि
पासपोर्टसंगै झिटीगुन्टा कस्छ नजानी नजानी ।

जब भगवानले पनि यो पथ्थरको संगत गर्छ
साभ“mमा ऊ पनि भट्टी पस्छ नजानी नजानी ।
         पथ्¥योदास विशालान्त




गजल


कसैले यहाँ मेरो गजलको वदला यसरी लियो
पैला औलाहरु काट्यो अनि पछि कलम दियो ।

हिजो जसले खजना निष्फिक्री जथाभावी बाड्यो
आज उहि प्रश्न गरिरहेछ भण्डार कसरी रित्तियो ।

झुपडीहरुमा तिनीहरुलेनै आगो लगाए,र तापे
जो सँग लगाव समर्पण आस्था र विश्वाश थियो । 

दरवारमा बस्नेहरुले अब यो बुझ्न जरुरी छ
सेतो झण्डा के किन र कसरी रगतले पोतियो ।








गजल


अरे,मुस्कानले नै धारिलो प्रहार गरेर
किन आउछेउ यस्तो  ऋंगार गरेर ?

यो कस्तो उद्मोग हो?विदेश पठाउँछ
सधँै शिÔित वेरोजगार  तयार गरेर ।

प्यास यस्तो हुन्छ, नदि समुन्द्र पुग्छ
कयौँ पहाड,जंगल र फाँटहरु पार गरेर ।

कोही आपूलाई यहाँ बहादुर भन्दैछ
खुट्टा लगाइएको बुख्याँचा शिखार गरेर ।

त्यसै पठाएको हैन तिम्लाई मेरो मुटु
पठाएको हँु यार हररात विचार गरेर । 

Friday, 19 July 2013

गजल

                         जसको भाग्य भगवान पुरापुर बनाउछ ।
                                                समयले उसैलाई मजदूर बनाउछ ।

                                                 ऊ नोकर न हो,सानो गल्तीले पनि
                                                   मालिकलाई रिसले चुर बनाउछ ।

                                                 प्रमाणपत्रले  कसै खान नदिए पछि
                                                  वेरोजगार विदेशिने सुर बनाउछ ।

                                               हिजोआज त्यो पसलमा धेरै भिड लाग्छ,
                                                 जवानीले प्याजलाई कपुर बनाउछ ।

                                                 मन्दिर ठड्याउछ,मुर्ती राख्छ मान्छे
                                                    अनि रगत पोतेर गजुर बनाउछ ।

                                                    कसैले सक्दैन पथ्थरलाई पगाल्न
                                                     मदिराले नौनी जरुर बनाउ“छ ।





Thursday, 18 July 2013

गजल

अरे मेरो यँहा यस्तो पहिचान छ ।
अनुहारमा मुस्कान छातीमा तुफान छ ।

उस्को बानी पटक्कै सुध्रिदै सुध्रिएन
जस्तो कुकुरको पुच्छरको उखान छ ।

सरकार तिनको आसुँ कसरी पुछ्छस?
आफन्तको न मुर्दा छ न चिहान छ ।

तिमीनै भनन निन्द्रा पर्छ कि पर्दैन
लोग्नेको तस्बिरमा बिधवाको सिरान छ।

जती घमन्ड गरेनी मेरो दिल जलेको

उप्चार नगर्ने,अपुरो त त्यो बिज्ञान छ।

Friday, 12 July 2013

गजल

तेरो सम्झना मात्र घरीघरी घर आउछ ।
परदेशी छोरालाई आमाको उत्तर आउछ ।

कस्ता होलान बिधवाका रातहरु,जस्लाई 
सुहागरात र लोग्नेको याद परस्पर आउछ ।  

शिशिरमा जस्तै नांगिएपनी, उजाडीएपनी
बसन्तमा उस्तै मौसम र ययावर आउछ ।

अरे,म कसरी प्रणय गजल लेँखु प्रियसी
खाली देश र देशको अवस्था नजर आउछ ।

सबै प्रमाणपत्रहरु आगो लगाइदिउ र ताँपौ
मनमा कहिलेकाही यस्तो पनि रहर आउछ ।

कसैले यो त बताइदेउ,यी मान्छेहरुको 
कहिले सिङ पलाउछ,अनी पुच्छर आउछ ।


गजल

बादलले सधैं यादहरु बोकेर ल्याउछ।
अनी किन मै माथि आएर बर्षाउछ।

अरे तिमीले मुरली जसरी फुक्नेछौ
त्यसबाट आवाज त्यसरिनै आउछ ।

न नुनिलो हुन्छ न अमिलो हुन्छ,तै
तिम्रो वचनले घाउ किन चहराउछ?

आँसु भरिएका झुपडीका खोपाहरुमा
उल्टै सरकार छापा मारेर  सताउछ।

ऊ  जाने बेला मलाई यै भनेर गई  
ज्ञात होस् बनको चरी बनमै रमाउछ।

उ यसरी लोभियो,कुरेर बस एकदिन
पक्कै पनि खाममा मुटु राखेर पठाउछ।

भट्टि बन्द भएपछी,अब उ आफ्नो  
दिल कसरी टाल्छ कसरी सिलाउछ।    
 
    
    

       

Monday, 25 March 2013

गजल


गजल 

किन सम्झनाहरुले मलाई यसरि सताउछन । 

नयन रसाउछन, अनी परेलीहरु बिझाउछन ।


दरबारहरु ढुक्क भएर नबस,एक्दिन त जरुर 

झुपडीहरु मसाल समाउछन,नारा लगाउछन ।


अरे,तिमीले जती सम्झाएपनी,ती केटाकेटीहरु

हिलो खेलाउछन, खेल्छन र धुलो चलाऊछन। 



मेरो अँगालोमा कसो न्यानो नमिल्ला र प्रिय?

हरबखत पोलिरहन्छ ,छाती भरी घाउ छन ।