जसको भाग्य भगवान पुरापुर बनाउछ ।
समयले उसैलाई मजदूर बनाउछ ।
ऊ नोकर न हो,सानो गल्तीले पनि
मालिकलाई रिसले चुर बनाउछ ।
प्रमाणपत्रले कसै खान नदिए पछि
वेरोजगार विदेशिने सुर बनाउछ ।
हिजोआज त्यो पसलमा
धेरै भिड लाग्छ,
जवानीले प्याजलाई कपुर बनाउछ ।
मन्दिर ठड्याउछ,मुर्ती राख्छ मान्छे
अनि रगत पोतेर गजुर बनाउछ ।
कसैले सक्दैन पथ्थरलाई पगाल्न
मदिराले नौनी जरुर
बनाउ“छ ।
No comments:
Post a Comment