Monday, 25 March 2013

गजल


गजल 

किन सम्झनाहरुले मलाई यसरि सताउछन । 

नयन रसाउछन, अनी परेलीहरु बिझाउछन ।


दरबारहरु ढुक्क भएर नबस,एक्दिन त जरुर 

झुपडीहरु मसाल समाउछन,नारा लगाउछन ।


अरे,तिमीले जती सम्झाएपनी,ती केटाकेटीहरु

हिलो खेलाउछन, खेल्छन र धुलो चलाऊछन। 



मेरो अँगालोमा कसो न्यानो नमिल्ला र प्रिय?

हरबखत पोलिरहन्छ ,छाती भरी घाउ छन ।