Wednesday, 7 August 2013

गजल





छोराले  अरबमा  कमाउदै छ ।
अर्थात न टेक्दै न समाउदै छ ।

कृपया,पत्रकार बन्धुहरु होसियार
अपराधले अÔरहरु चपाउदै छ ।

मेरा आ“खामा के आ“सु नझरोस
बलत्कारले सालिकहरु रुवाउदै छ ।

उसले क्रान्तिको उद्घोÈ गरेर
बालकलाई हतियार थमाउदै छ ।

यो देशमा पसिना नपोखे हुन्छ
रेमिट्यान्समा सरकार रमाउदै छ ।

अरे, पि“ठ्यु पछिबाट छुरा रापेर
पथ्थरलाई कोही सुम–सुमाउदै छ ।



No comments: