असह्य हुनेछ
मलाई सम्झना भएसम्म
त्यो सा“झ
तिम्रौ आग्रहमा रात र विहानी ह«दै
भोलीसम्म लम्बिएको थियो ।।।
प्रिय सुनकला
रातको खग्रास अ“ध्यारोमा
तिम्रो प्रणयको रेशमी त्वजा्
शितको चुम्बनमा
मुस्कराएको गुलाफ जस्तै
प्रेमको अनि“दो पहाडको छेलमा
उदाएको थियो ।।।
प्रिय सुनकला
तिम्ले नै देखाएको
हरियो संकेतको डोरेटोमा
म तिम्रा आन्तरिक
भुगोल र Ôेत्रफलमा
निसंकोच विचरण गरेको थिए
र
प्रत्युत्तरमा
तिम्ले देखाएको उदारताको
म आज पनि ऋणी छु ।।।
प्रिय सुनकला
कथित प्रेमको
भौतिक सम्झौतामा
तिम्ले नै पहिला
हस्ताÔर गरेकी थियौ र
तिम्ले चढ्न चाहेको शिखरमा
मैले केवल
हात थामेको थिए
उक्त पल तिम्ले मलाई
के सम्झिएउ
म दोधारमा छु
यन्त्र कि मान्छे ? ।।।
आज उक्त पल
प्रेम विघटनको सा“घु बनेको छ
ठिक छ सुनकला
म स“ाघु त तर्ने छैन तर
तिम्ले त¥यौ भने असह्य हुनेछ ।।।
No comments:
Post a Comment