Showing posts with label दृष्टिकोण. Show all posts
Showing posts with label दृष्टिकोण. Show all posts

Monday, 17 September 2018

भबिस्य अर्थात भोली


कहिलेकाही मेरो दिमाग खुब चिलाउछ । अब छाला नै चिलाएको भए केही उपाय लाग्थ्यो होला, दिमाग चिलाको बेला नजिकैको फार्मेसी पसेर ओखती किन्ने मुड पनि नपलाउदो रछ ।


मानौ, अहिले सन २२१८ हो र म रानीपोखरीको डिलमा हिड्दै गर्दा सगरमाथा चढ्ने रहर पलायो । तपाईं सोध्नुहोला, २२१८ सम्म हामी मध्धे कोही पनि
बाच्दैनौ।ठीक छ मान्नुस् कि म २१९५ मा फेरी जन्म लिनेछु । अब त तपाईं बताउन सक्नु हुन्छ होला, म कसरी सगरमाथा चढ्ने छु । तर मलाई फ्याट्ट सोच आयो हिमालयन जाभाले कतै आफ्नो नयाँ शाखा सगरमाथाकै चुचुरोमा पो खोलिसकेको हुनेछ कि ?
यस्तो कल्पना आयो भने तपाईं के गर्नुहुन्छ ? मलाई भने पशुपती जान मन लाग्यो र प्रथाना गरे,भगवान मलाई अबको २०० बर्ष पछी पनि मान्छेनै बनाएर जन्म दिनु, त्यस अघी कुकुर, बिरालो, मुसो, सर्प जे बनाएर जन्म दिदा पनि हुन्छ । मलाई खुब खुशी मिल्यो, ढुक्क भए भगवानले मेरो कुरा सुन्नेछन । त्यसपछी मलाई मैले २०० बर्ष पछी कस्तो चिज भोग्ने हुला भन्ने कुराले खुब खुल्दुली मच्चायो, र गुगल सर्च गर्न थाले । के थाहा, म जस्तो कोही सन्कीले रिसर्च गरेर के के राखेको पो छ कि ?

१) त्यतीबेला मेरो कुनै दुर्घटना नपरे, कसैको प्रेममा परेर आत्महत्या नगरे वा केही गरी प्राकृतिक उमेर बाँच्न पाए म दुईसय बर्ष बाँच्न सक्ने रहेछु । हैट्ट म कती भाग्यमानी त्यसपछीको दुईसय बर्ष पनि हेर्न पाउने भए । तपाईं अहिले नै मलाई आशिर्बाद दिनुस, मलाई धोका नदिने मान्छेसँग प्रेममा परोस भनेर, नत्र म मुडी छु, मलाई दुईसय बर्ष बाँच्न रहर नलाग्न सक्छ । फेरी प्रेम नगरी म कसरी बाच्नु । केटा भएर जन्मे भने सोच्नुस् त कस्ता राम्रा आकर्शक केटीहरु भेट होलान । त्यतीबेला त १०-१५ मिनेटको कस्मेटिक सर्जरी नै गरेर भए पनि कोही भन्दा कोही कम हुने वाला त पक्का छैनन ।

२) अहिले रुघा-खोकी लागे पनि, अस्पताल दौडीहाल्नु पर्छ, त्यतीबेला हातमा सिस्टम रेगुलेटर डिभाईस हुनेछ । सानो डिफेक्ट भेटियो कि रिमेडी दिहाल्ने । जस्तो कि आज आरबीसी घट्यो । अब सिस्टमले कतीओटा अनारको दाना खाने अाफै बताउने छ । खादा-खादै धेरै भए त्यो पनि भन्नेछ । फेरी म अटेरी छु, त्यती बेला त्यस्ले भनेको मान्छु कि मान्दिन होला । त्यो रिस्ट स्मार्ट डिभाईस एप्पल को होला कि सामसुङको ? कि तपाईंले बनाउने सोच्नु भएको छ ? छ भने, तयारी थाली हाल्नुस्, बडो ब्यापारिक सम्भावना छ ।

४) लामो समय बाँच्नको लागि काम नभएको वखत म हाइबरनेट पड ( Hibernate Pod) मा सुत्नेछु । मलाई महँगो पर्ने अक्सिजन र पानीको बचत गर्न यो एकदम लाभदायक हुनेछ । त्यस्को साटो म बिद्युतिय शक्तीलाई ATP मा कन्भर्ट गर्नेछु र सिधा कन्ज्युम गर्नेछु, त्यसो गर्द कोशहरुको काम कम हुन जान्छ र म कम बुढो हुनेछु ।

३) त्यतीबेला धुर्मुस सुन्तली जन्मे भने, रोबोर्टको एकीक्रित नमुना बस्ती बनाउनेछन । कम्प्युटर पन्डित भन्छन कि, मान्छे र AI सिस्टम लगभग बराबार हुनेछन । मेरो खाजा, खाना, कफी, लुगा सब्बै रोबोर्टले म्यानेज गर्नेछन । रोबोर्टले रिसाएर, झोक्राएर आन्दोलन त सायद गर्दैन होला, गरीहाल्यो भने त म बर्बाद हुन्छु । तर अली-अली ढुक्क भने भएको छु, त्यती बेला सब्बैलाई प्रोग्रामिङ आउनेछ र् मैले रिसाउने कोड अल्टर गर्दिने छु । आशा गरौ, रोबोर्ट अधिकारकर्मीले मलाई सताउने छैनन । 

 ५) त्यो बेला क्वान्टम टेलीपोर्टेसन सुरु हुनेछ, अर्थात हामी स्पेस बाहेकका अरु डाईमेशनमा पनि ट्राभल गर्न थाल्नेछौ । डाटा र डकुमेन्ट त सोच्न नपाउदै ट्रान्सफर हुनेछन । अहिले भएको प्लेनलाई रकेटले बिस्थापित गरेको हुनेछ । शायद एयरबस र बोइइङ सट्टा एलन मस्कको कम्पनी स्पेश एक्स को उत्पादन बढ्ने छ ।



तपाईंलाई अहिले यती नै पढ्दा पनि साह्रै अल्छि लागिसके होला । त्यती बेला सम्म तपाईंको र मेरो भेट भयो भने यो डकुमेण्ट डाईरेक्ट तपाईको दिमागमा राख्न मिल्नेछ । तनाब नलिनुस् न साच्चै, अहिले नै पनि ईलोन मस्क यही प्रोजेक्टमा लागेको छ । हेर्नुस् मेरो मुख्य प्रश्न म सगरमाथा कसरी जानेछु भन्ने हैन ? त्यो त म नाईट स्टेको लागि साझ काठमाडौंबाट हिंड्नेछु र मेरी प्रेमिकासँग चुचुरोमा रात बिताएर फर्कने छु ।


पुनश्च : माथि गरिएका प्रेडिक्सनहरु बिभीन्न रिसर्चबाट लीईएका हुन । अहिले भने सब्बै प्रेडिक्सन लेख्न मुड चलेन, मैले भने नि म मुडी छु । 🕉️🕉️

Monday, 28 July 2014

भूगोल असुहाउँदो आर्थिक बर्षको कामचलाउ चटारो

पर्खाल भित्रबाट  
नेपाल पुर्वपश्चिम धेरै र उत्तर दक्षिण थोरै फैलिएको मुलुक हो । मौसमी विषमताको हिसाबले उत्तर दक्षिण बढि र पुर्व-पश्चिममा कम बिबिधता छ तर समग्र नेपालको मौसमी अनुकुलन उस्तै-उस्तै छ अर्थात एकै-मासमा वर्षा र हिउँदको चटारो हुन्छ । यो एक किसिमले नेपालको केन्द्रिकृत बढी र विकेन्द्रित कम रहेको आर्थिक प्रणालीमा समानुपातिक विकासको लागि बजेट बाँड-फाड र कार्यक्रम तर्जुमाको लागि सहयोगी साबित भैदिएको छ । तर प्रकृतिले दिएको यो बरदानलाई नेपालका सरोकारवालाहरुले कहिल्यै ध्यान दिएको पाइदैन । यदि नेपालको यस्तो प्राकृतिक सन्तुलनको पाटोलाई नियालेर बिकासका कदमहरु चाल्ने हो भने नेपालको समग्र भौतिक बिकासको पाटोमा कायापलट आउन सक्छ । भौतिक विकास समग्र विकास होइन तदापी भौतिक विकास / भौतिक संरचना बिना अन्य बिकासका पक्ष गौण हुन  र रहन्छन पनि । यहि भएर देखिने खालको यो बिकासको पाटोमा धेरैको ध्यान जान्छ पनि । अहिले विश्वका बहुसंख्यक मुलुकहरु बिकासको यहि पाटोमा आफुलाई शक्तिसाली साबित गर्न प्रतिस्प्रधी पनि देखिएका छन । बिकासको यो पाटो भूगोलसँग अनौठो मितेरी साइनो राख्छ, प्रिथिबिको बहन क्षमता र मानिसहरुको आवश्यकताको आधारमा यो निर्धारित हुन्छ । अहिले बढ्दो जनधनत्व र बिकासको लालायताले मानिस यो वा त्यो बहानामा बिकासको खरो प्रतिस्पर्धामा उत्रिएको छ ।

नेपालको आर्थिक बर्ष असारमा सुरु हुन्छ, यसको तात्पर्य के हो भने हिउँदको सुख्खा समयमा नेपालमा बिकासका परियोजना सन्चालन गर्न पाइयोस तर दुखद सत्यता के हो भने हिउंदमा सो आर्थिक बर्षको बजेट कार्यन्वयन क्षेत्र सम्म पुग्दैन । अन्तत: बैशाख महिनाको अन्त्यतिर अर्थात वर्षा सुरु भैसके पछी मात्र काम सुरु हुन्छ, देशको बिकासको खांतिर प्रस्तुत गरिएको बजेटको यो अवस्था भन्दा दुखद: के हुन सक्छ, केहि हुनै सक्दैन । तर्जुमा गरिएको बजेट समयमै खर्च हुन नपाउदा देशको समग्र अर्थतन्त्रमा जति असर पर्छ त्यो जत्तिकै असर हातमुख जोर्न निर्वाहमुखी ज्यालामजदूरी गर्ने देखि ठुला-ठुला कर्पोरेट हाउसलाई पनि पर्छ । बजेटको मुख्य अर्थ पुँजीको बहाब अर्थात् क्यास फ्लो सँग जोडिएको छ । बजेटनै त्यो माध्यम हो जँहाबाट अर्थोपार्जन र खर्चको, हैसियत अनुसारको दिशा-निर्देशन प्राप्त हुन्छ । एक बर्षको बजेटले देशमा बर्षैभरि समानुपातिक आर्थिक स्थानान्तरण र आर्थिक सूचकको निरन्तर बृदी गर्न सक्नुपर्छ, अनि मात्र देशको बजेट सार्थक हुन सक्छ । नेपालको बजेटको हलो निर्माण प्रक्रियामा भन्दा पनि कार्यन्वयन प्रक्रियामा अड्किएको छ । देशको विकास हात-हातमा पैसो थमाएर हुन सक्दैन । बजेटले निरन्तर आर्थिक स्रोतको पहिचान गरि नागरिकहरुको रोजी-रोटिको व्यवस्था गर्न सक्नुपर्छ । अर्थात सिधा बुझाई के हो भने सरकारी कर्मचारी इतरका मानिसहरुको अर्थोपार्जन कुनै न कुनै हिसाबले बजेटसँग जोडिएको हुन्छ ।

जति मानिसहरुको आर्थिकस्रोत बजेट निर्माणसँग प्रतक्ष्य सम्बन्ध राख्दछ, उत्तिकै सम्बन्ध राख्दछ कार्यान्वन प्रक्रियाले पनि । निसन्देह: बजेट खर्च गर्न निर्माण गरिएको हो तर यो नै देशको सबैभन्दा उच्चतम लगानी गरिएको उद्योग हो, यसको भाबी उत्पादनले बजेट निर्माणमा लिएको ऋणभार क्रमसः खूकुलो पार्दै लानुपर्ने हो अनि मात्र देशको अर्थतन्त्र बिस्तारै उभो लाग्न सक्छ । संधै लगानीबाट प्रतिफल आशा गर्न सकिदैन तर यसको अर्थ संधै अनुत्पातक क्षेत्रमा मात्रै लगानी गर्नुहैन । अवश्य पनि सरकारले गर्ने लगानीले अरु व्यवसायले जस्तो तात्तातो प्रतिफल त देखाउदैन तर यसले स्थायी रुपमा देशको आर्थिक एवम् अन्य सामर्थ्यलाई स्थायी रुपमा बलियो बनाउछ । यो यतार्थलाई बुझेर पनि देशको माटोले चाहेको आर्थिक रुपान्तरण हुन नसक्नु बिडम्बना सिवाय केहि होइन । केहि समय देखिका बजेटमा देखिने पन्चामृत / प्रसाद वितरण प्रवृतिले मानिसहरुका फरक-फरक झुण्ड त रमाउलान तर यसले अन्तत्वगत्वा देशको समग्र गरिवीलाई झन बलियो बनाउने पक्का छ । देशले यसको निमित्त स्थायी विकास संरचना बनाउने देखि लिएर बहू-बर्षिय ठुला परियोजनामा तत्काल जोड दिनुपर्छ । सरोकारवाला, राजनीतिक दल र सरकारले भन्ने गरेझैँ त्यस्ता आयोजनाको निर्माण प्रक्रिया बिना-अबरोध सन्चालनको लागि देशको स्थायी सरकार अर्थात् उच्चतम सरकारी कर्मचारीबाट आयोजना सन्चालन हुन जरुरी छ । 

केहि समय देखि राष्ट्रियप्रतिष्ठाका आयोजना भन्ने गरिएका यस्ता आयोजना निर्माणको राजनीतिक सहमति पनि जरुरी छ ।
कनिका छर्ने शैलीमै निर्माण गरिने भए पनि अहिलेको बजेटको मुख्य फाइदा स्थानीय निकायलाई केहि हदसम्मको आर्थिक स्वायत्तता प्रदान गर्नु हो । माथि उल्लेख गरिए जस्तै बजेट कार्यान्वयन क्षेत्रसम्म आइपुग्न झन्डै अर्को आर्थिक बर्ष कुर्नु पर्ने हुन्छ । नेपालमा अहिले अधिकांश साना विकास कार्यक्रम स्थानीय निकाय बाट सन्चालन हुन्छन । सम्भबत चुहुवाटकै कारणबाट मूल बजेटको अनुपातमा अति न्यून रकम कामको लागि खर्च हुन्छ र त्यो खर्चले कामचलाउको बाहेक काम गर्दैन । स्थानीय निकायमा प्रबिधि र बौद्धिकताको अभावले लागतखर्च अनुमाननै त्रुटीपूर्ण हुन्छ त्यसो त देशमा राष्ट्रिय स्तरका आयोजनामा समेत बजेट छुट्टाउने काम अनुमानका भरमा गरिन्छ र त्यसलाई भूगोलको राजनीतिले समेत उत्तिकै प्रभाब पार्छ । यसरी टुप्पा देखि फेदसम्म सबै हंचुवाका भरमा चल्ने बजेटको कस्तो कार्यान्वयनको  आशा गर्न सकिएला । देशमा यस्ता बिकासका आयोजनको सर्वेक्षण गर्न राष्ट्रिय योजना आयोग त छ तर त्यो छ छैन को कुनै अनुभबनै गर्न पाइएको छैन ।

अहिले बर्षाको समयमा खेतमा हुनुपर्नेभन्दा बढ्ता चटारो सडकमा देखिएको छ । बजेट फ्रिज हुने भयले शहरी स्थानीय निकायमा बजेट अलकत्रामा झारा टार्ने शैलीमा खर्चिएको छ, यति बेला खोइ कँहा छन गुणस्तर नापजांच गर्ने निकायहरु । यसरी आँफु पनि पल्लाभरि हुने, सडक वनाएजस्तो पनि गर्ने शैली सिसिफसको कथा जस्तै छ । गर्नलाई काम नभएपछी पहाडको फेदबट ढुंगाबोकेर माथि पुग्ने अनि फ्याँकेर फेरी बोक्न आउने जस्तै । प्रतेक बर्ष त्यहि ठाउँमा त्यसरीनै बजेट खर्चिनु जस्तो लज्जाजनक कुरा के छ ? यो बर्ष त यति सम्म भयो कि बनाउँदै गरेको सडक खण्ड पछाडीबाट बर्षाले भत्किदै गरेको दृश्य पनि समाचारमा आयो । अहिले यसरी काम सक्न बनाइएका सडकको आयु लामो त छैन नै त्यसमाथि केहि दिनमै खानेपानी , टेलिफोन वा केहि न केहिको बहानामा फेरी भत्काऊन वा खन्न थालिन्छ । यस्तो समस्या स्थायी अनुगमान र समयमै कामको सुरुवात गरेर गर्न सकिन्छ कि ? उता गाउँ-गाउँमा सडक विस्तार गर्ने नाममा स्थानीय राजनीतिक संयन्त्र सहितको पहलमा हरिया डाँडापहाडमा जथाभाबी डोजर लगाएर रंगिन बनाईएको छ र यो पक्का छ अर्को बर्ष सबै बाढीपहिरोले सम्मै वनाएपछि फेरी डोजर लगाईन्छ । यस्तो प्रक्रियाले शुन्यकामको लागि अथाह लगानी बाहेक केहि गर्दैन । अब अवस्था यस्तो छ, निर्माण हैन जीर्णोद्धारको लागि अघिल्लो आर्थिक बर्षको जति बजेट आवश्यक र नँया कामको लागि थप रकम । तर यहि काम बैज्ञानिक ढंगले सन्चालन गर्न सकेको भए कति राम्रो हुँदो हो, सबैलाई चेतना भया इति श्री । 

पोखरा हटलाईनमा प्रकाशित  

Tuesday, 29 April 2014

भित्तामा टाँगिएको निरिह सिर्जना चेतना

आदिम मानवीय भूगोलबाट मान्छे जसरी आजको रंगिन सपनाहरुले घेरिएको युगमा अवतरित भएको छ त्यो सब कलात्मकताको उपज सिवाय अर्को के हुन सक्छ र ? कलात्मकता जुन जीवनको फरक शैलीको पर्यावाची हो , ठिक जीवन जस्तै अक्षरहरुको बक्ररेखामा कैद गर्न नसकिने । अर्थात निरपेक्ष आँखाबाट भोगाईको प्रारूप र त्यसमाथि मान्छेले देखाएको प्रतिक्रिया दुबै कलात्मकता हो । हो त्यहि भएर कलात्मकता स्वाधीन र स्वछन्द छ, कुनै पनि दुस्साहसले कैद गर्न नसकिने । यो एउटा एब्सट्राक्ट बिल्कुल एब्सट्राक्ट कुरा हो । मैले यंहानिर बताउन खोजेको कुरा के हो भने हामीहरुले देखेका सबै जीवनहरु कलात्मकताका उप-समूहहरु मात्र हुन ।
मान्छेको जुन कल्पनाक्षमताले आजको भोगाइको अवस्था सिर्जित भएको छ , स्वयम् मान्छेको लागि त्यो आश्चर्यजनक र अप्रत्यारिलो हो । मान्छे बिबेकले अरु प्राणी भन्दा फरक भएको होला तर निसन्देह: उ कल्पनाशिलातालेनै अग्रगामी भएको हो । ग्रिक सभ्यताको विकासक्रममा प्रतेक क्रियाकलापलाई कि सहि र कि गलत भनेर छुट्याउन सकिन्छ भन्ने दार्सनिक चिन्तन पनि सुरु भएको थियो, त्यो केवल बिबेक थियो । तर बिबेकको तिन अक्षरमा जंगली सभ्यतामा भएको आगोको उत्पत्ति अट्दैन । र अट्दैनन थोमस एल्वा एडिसन,न्युटन, आइन्स्टाइन र मार्कोनिका आविष्कारहरु । यी सबै उपलब्दिहरु मानवको बिशिष्ट अन्तरनिहित क्षमताले मात्र सम्भब भएका हुन, हो  त्यो क्षमतानै कलात्मकता हो ।
अब सायद पुष्टि हुनसक्छ लेखनको जग पनि त्यहि कल्पनाशीलता हो । लेखन र लेखकीय चेतना पनि मानवीय बिकासको सुचाकांक हो । यस अर्थमा लेखनको सभ्यता र विकाससँग अन्तरंग सम्बन्ध छ, अटुट, गहिरो र घनिभूत । लेखकहरुले बाटो देखाए परिवर्तनको र त्यहि बाटोबाट मान्छे यंहा सम्म आइपुग्यो । बिस्तारै दार्शनिक चेतना र परिकल्पनाको कोरिडर चौडा हुँदै गयो अन्तत: एब्सट्राक्ट लेखन देखिने बिकासको स्वरूपमा देखा पर्यो । साहित्य, संगीत र कलाका अनेक रुपहरु देखापर्न थाले , अब कल्पनाशिल्प चौडा मात्र रहेन उँचो पनि भयो । र दिनानुदिन यो क्षितिज बढ्दो छ, किनकि यो बिशिष्ट क्षमता मोह जन्मजात गुण हो । लेखनको इतिहासमा विलियम वोर्ट्सवोर्थ, सेक्सपियर, हेलन केलर ,लुसुन, गेटे, दाँते धेरै जनाको अभ्युदय पनि भयो । नेपाली साहित्यले पनि देवकोटा, सम, शंकर लामिछाने जस्ता लेखकहरु भेट्टायो । समाजसंगको अन्तरसम्बन्धले पनि हुन सक्छ, यो कुरामा धेरै जना जानकार पनि भए । अब लेखकहरुको अगाडी प्रश्न पहिचानको होइन, जीवन यापनको बन्यो ।
उ सँग मेरो भेट भएको धेरै भएको छैन, लगभग एक हप्ता जति अघि हुँदो हो । ऊ अर्थात एक साहित्य प्रेमी नारी युवा । कफी गफमा उसले एक्कासी भनि “ लेख्नेहरुको कुनै भाबिश्यनै छैन, सायद म अध्यनको लागि बाहिर जान्छु होला ” । उसले थपी “ प्रशंसा केवल लेखकको आगाडी मात्र गरिन्छ, पछाडी धेरै प्रश्नहरु तेर्स्याइन्छ । उसलाई  जागिर र जाउलोको समस्या पनि छ ” । यो उसले मात्र देखेको नेपाली समाज हैन , लगभग हामी सबैले देखेको हो ।


देश आफनै अनेकन समस्याहरुमा हरायो । बिकासका अन्य पक्ष सँगसंगै साहित्य र सिर्जनाको पनि उत्तिकै उत्खनन हुनुपर्थ्यो । तर त्यसो हुन सकेन । नेपालमा शिक्षा प्रणालीको विकास सँगसँगै साहित्यको अध्यापन पनि सुरु गरियो । खासगरि महाकवि देवकोटा शिक्षामन्त्रि भएको बेला बनाइएको माध्यमिक तहको अनिवार्य नेपालीले माध्यमिक तहका बिद्यार्थीहरुलाई यससंग परिचित गरिदियो । साहित्यलाई अन्य राष्ट्रमाझैँ सामाजिक बिज्ञान अन्तर्गत राखेर अध्ययन अध्यापन शुरु गरियो, यसरी नेपालमा साहित्य र सिर्जना चेतको प्रारम्भ भयो । आज लेखन यहि बिशिस्टतता मा बाँचेको छ । तर, साहित्यले जसरी सुन्दर सुरुवाती वकालत पाएको थियो बिस्तारै त्यो हराउदै गयो ।
आज लेखनलाई माया गर्ने र अध्ययन गर्नेहरु धेरै छन । सायद धेरै जनाले बुझिसकेका छन लेखको सुरुवातमै लेखेका कुराहरु । धेरै विकास र परिवर्तन साहित्यको विकास सँगसंगै भएका हुन त्यसैले साहित्यको सम्रक्षण र सम्बर्दन आवश्यक छ तर के यो कुरा कागजमा मात्र सीमित गरेर हुन्छ त ? यो युगको घडीमा आएर धेरै राष्ट्रहरुले बुझिसकेका छन स्रस्टालाई सम्मानको खाँचो छ र त्यसै प्रकारको ब्यवस्थापन पनि । यो साहित्यप्रतिको गहिरो बुझाई र सम्मान हो ।
आज नेपालले लेखनको यत्रो लामो दूरी पार गरि सक्दा पनि, लेखेरै गुजारा चलाउनेहरु कति छन् ? यो सुन्दा हल्का लागेपनि गहिरो प्रश्न हो ? लेखनको गहिराईको आधारमा सम्मानको मिटर स्केल बनाउनु पर्ने हो र सम्मान सिर्जनाको हुनुपर्ने हो । सिर्जनाशक्ति पनि एउटा सिकाई हो, जुन केवल कठोर मिहेनतले मात्र प्राप्त गर्न सकिन्छ । अब सिर्जनाकारको उक्त मिहेनतको कदर गर्नु पर्छ कि पर्दैन ? र सिर्जनाको कुरा गरिरहँदा यसको आकार बिशाल र फराकिलो छ । सिर्जना बहुआयामिक हो , संगीत र कला पनि यसकै अन्य स्वरूपहरु हुन ।
देश बिकासको लागि आर्थिक क्षेत्रको बढोत्तर प्रगतिमा लागिरंहदा, विकासकै पाटो कलात्मकतालाई बिर्सिनु हुदैनथ्यो । अति आर्थिक मोहले, सबैमा हुने सिर्जना मोह निस्पृह हुन पुगेको छ । दिनदिनै मटेरीयास्टिक हुँदै गैरहेको मान्छेको सोचले, उर्जाशील चिन्तनको सुन्दर चित्र उसको मगजबाट विस्तापित भएर गएको छ । मान्छेको जन्मजात सिर्जनाप्रेमी गुणलाई मान्छेबाट विभाजित गर्न त मिल्दैन तर यो कतै बाहिर सुरक्षित राखेको अनुभूति हुन्छ अर्थात नेपालीहरुमा रोपिएको सिर्जना चेतना सुरक्षित त छ तर यो कोठालाई सुन्दरबनाउन भित्तामा टाँगिएको सुन्दर चित्र जस्तै प्रतित हुन्छ । इति श्री ।      

Tuesday, 22 April 2014

बैकल्पिक उर्जाको सम्भावना पहिचान र उपयोग

 बैकल्पिक उर्जाको सम्भावना पहिचान र उपयोग

पर्खाल भित्रबाट
पथार्योदश प्रमिल

नेपाल अहिले दैनिक १४-१५ घन्टाको लोडसेडिङको मारमा छ र यो अवस्थाले अबको केहि समयसम्म निरन्तरता पाउने पक्का छ । यदि यो अवस्थाले निरन्तरता पाइरहने हो भने देशको अधिकांश क्षेत्र यसको प्रभाबमा कमजोर साबित हुनेछन किनकि उर्जा आफैमा बहु-अन्तरसम्बन्धित बिषय हो र अप्रतक्ष्य रुपमा यसको देशको गरिबी, शिक्षा र रोजगारसँग सम्बन्ध छ । बिधुत उर्जाको एउटा सानो पाटो हो भने, जलबिधुत बिधुतको एउटा सम्भावना मात्रै हो । विकास सँगसंगै विधुतीय समान / साधनको उत्पादन र प्रयोग बढ्दै गएपछि बिधुतिय उर्जाको ठुलो महत्व रहन गयो र प्रविधिले अन्य उर्जाको स्रोतलाई पनि विधुतीय उर्जा स्रोतमा परिबर्तन गर्न थाल्यो । विधुतीय उर्जाको महत्व झन् त्यति बेलादेखि बढ्न थाल्यो जतिबेला युरोपियन, उत्तर एसियाली र अमेरिकी देशहरुले औधोगिक क्रान्तिमा जोड दिन थाले । औधोगिक उत्पादन र निर्यातित सामानको भ्यालूएसन देशको शक्त्ति मापनको मिटर स्केल बन्यो ।

 अन्तरदेशीय खुला बजारतन्त्रको नीतिको खुलेर प्रसंसा र वकालत हुन थालेपछि बहुसंख्यक देशहरुले केहि सामानहरुमा बाहेक आयातित करको दायरालाई साँघुरो बनाइदिए । यो अवस्थाले उत्पादन मैत्री नीति र अबधारणा अपनाएका राष्ट्रलाई ठुलो आर्थिक फाइदा भयो भने नेपालजस्तो अनेकन राजनीतिक समस्याबाट गुज्रेका देश उनीहरुको व्यापारिक केन्द्र बने । देशकै आन्तरिक समस्याका कारणहरुबाट कमजोर राष्ट्रमा जनसंख्याबृदि, भोकमरी र गरिबी बढ्दै गयो अन्तत: अन्य राष्ट्रको उत्पादनमा निर्भर रहनुको विकल्प रहेन । देशले गृह उत्पादनमा जोड नदिएकै कारणबाट भएका उधोग धन्दा पनि बिस्तारै हराउदै गए किनभने उनीहरुमा अन्तराष्ट्रिय उत्पादनसँग प्रतिस्प्रदा गर्ने क्षमतानै रहेन । नेपाल लगाएतका तेस्रो मुलुकहरु विकासको यहि घडीमा कोहि उत्पादन नीतिमा पछी पछि परे भने कोहि राजनीतिक संकटमा, यसले उत्पादनमा बैज्ञानिकरणको पनि खाडल बनाइदियो । तर यी यावत समस्या सँगसंगै अर्को गहिरो र जटिल समस्याबाट यी रास्ट्रहरु गुज्रिए त्यो हो, उर्जाको पहिचान, उत्पादन र प्रयोग  ।
उत्पादन र उर्जाको बृहत्तर अन्तरसम्बन्ध छ । औधोगिक उत्पादन गृहहरु कुनै न कुनै प्रकारको उर्जा स्रोतमा निर्भर रहन्छन र तिनीहरुमा जलबिधुत, सौर्यउर्जा, बायोमास (जैविक शक्ति), बायुउर्जा, जियोथर्मल उर्जा, जैविक बिधुत आदि पर्छन । यी मध्धे केहि स्रोतहरु नबिकरणिय स्रोत हुन् भने कतिपय अनबिकरणिय उर्जाका स्रोत हुन । प्रयोग पछाडी अन्तत्वगत्वा अनबिकरणिय उर्जा भण्डार रित्तिदै जाने भयमा नबिकरणिय उर्जा सम्बन्धि चासो बिश्वभरिनै फैलिन थालेको हो । अहिलेको अवस्थामा हेर्ने हो भने विश्व लगभग ८०.६ प्रतिशत पेट्रोलियम (खनिज ) पदार्थ, १६.७ प्रतिशत नबिकरणिय स्रोतमा र २.७ प्रतिशत न्युकिलियर शक्तिमा निर्भर छ । नबिकरणिय स्रोत मध्धेमा पनि जैविक उर्जामा ११.४४ प्रतिशत जति र जलबिधुतमा ३.३४ प्रतिशत बाहेक बाँकीको उपभोग उल्लेखनिय छैन ।
माथिको तथ्यांकले उर्जा संकटको कुरालाई स्पस्ट देखाउदैन मात्रै, नेपाल जस्ता विकासउन्मुख देशले भोग्नु पर्न सक्ने बिकराल आर्थिक अवस्थालाई पनि दर्साउछ । यस्तो अवस्थामा देशले जतिसक्दो छिटो नबिकरणिय उर्जा उत्पादनमा जोड दिनु आवश्यक छ र त्यसभन्दा पहिले यसको पहिचानमा अर्थात समस्या कँहानिर छ भने यी सबैको मैत्रीपूर्ण उत्पादन सम्भब छैन । नेपाल यस्ता धेरै स्रोतहरुको सम्भावना भएको राष्ट्र हो । धेरै पहिलेको सर्वेक्षण अनुसार नेपालमा सैदान्तिक रुपमा ८३००० मेगावाट र बास्तवमा ४३००० मेगावाट जलबिधुत उत्पादन हुनसक्छ । यो अहिलेको बिधुत उर्जाको मागभन्दा धेरै माथिको तथ्यांक हो, यसको केहि हिस्सा मात्रै पनि जलबिधुत उत्पादन गर्ने हो भने नेपालमा आर्थिक रुपमा ठुलै फड्को मार्न सकिन्छ ।
नेपालको तथ्यांकलाई हेर्ने हो भने घरभित्र उर्जाको सबैभन्दा बढी उपयोग हुन्छ । बसोबास क्षेत्रमा मात्रै उर्जाको झन्डै ९० प्रतिशत उपयोग हुन्छ । यस्तै कलकारखानामा र यातायातमा क्रमशः झन्डै ५ र ४ प्रतिशत उर्जाको प्रयोग हुन्छ । यसमा पनि उर्जाको ७५ प्रतिशत भन्दा बढीको स्रोत खाना पकाउन प्रयोग गरिने दाउरा हो । यो तथ्यांक आफैले के बोल्छ भने घरभित्र प्रयोग हुने उर्जाको बैकल्पिक स्रोत खोज्न सकेको खण्डमा उत्पादित ठुला आयोजनाको जलबिधुत औधोगिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ । यो गरिवीसँग पनि उत्तिकै गाँसिएको बिषय हो, दुर दराजका गाउँबस्तीमा जँहा बिरामी हुँदा (नहुँदापनि)  पानी तताएर खाने दाउरा हुदैन, त्यंहा त्यंहाकै श्रोतहरु बाट उर्जाको उत्पादन गर्न पनि सकिन्छ । देशले अब उर्जा उत्पादन सम्बन्धि यस्तै साना तर महत्वपूर्ण कुरामा ध्यान दिनुपर्ने हो कि ? यसले तत्तत क्षेत्रको आर्थिक र सामाजिक जीवन स्तरमा  मात्र परिवर्तन ल्याउदैन, सूचना प्रविधिको पहुँच पनि पुर्याउछ ।
उर्जाको प्रयोग जलबायु परिवर्तन सँग पनि उत्तिकै गासिएको छ । उर्जाका स्रोतको प्रयोगमा निस्कने विभिन्न ग्याँसहरु विश्व तापमानबृदीका मुख्य कारकहरु हुन । यहि कुरालाई मनन गर्दै जापानको क्योटो शहरमा सम्पन्न जलबायु सम्बन्धि सम्मेलनले कार्बनडाइअक्साइड उत्पादन घटाएबापत ठुला शक्ति राष्ट्रलाई एउटा फरक खाले मान्यताको कुरा गरेको छ जसले नेपाल जस्ता देश र बिकशित देशको दुईपक्षिय लगानीको कुरा गर्छ । क्लिन डेपलपमण्ड मेकानिज्म नाम दिइएको उक्त योजनाले बिकसित राष्ट्रले विकासउन्मुख देशमा नबिकरणिय उर्जाको स्रोत स्थापना गरि कार्बनडाइअक्साइड उत्पादन घटाए बापतको प्रमाणपत्र प्राप्त गर्छ । यसो गर्दा विकास विकासउन्मुख देशमा हुन्छ भने प्रमाणपत्र लगानीकर्ता देशले प्राप्त गर्छ । यस्ता योजनाहरुमा माइक्रोहाईड्रो , गोबरग्याँस, सौर्यउर्जा, बायुउर्जा आदि पर्छन । यस प्रकारका धेरै योजनाहरु नेपालमा भित्राउन सकिन्छ जसले देशको चौतर्फी बिकासमा ठुलो सहयोग पुर्याउने छन । इति श्री ।
                                                              
                                                                                                                                 

                                                        सम्पर्क : duo.fello@gmail.com


Tuesday, 15 April 2014

शब्दहरुको आँखीझ्याल बाट नँयाबर्ष

 शब्दहरुको आँखीझ्याल बाट नँयाबर्ष 
                      Patharyodash Pramil
                                                   duo.fello@gmail.com

समय अभिछिन्नता र निरन्तरता हो, यसमा अल्पबिरामको प्रयोग गरेर साना साना टुक्राहरुमा विभक्त गर्नु यसप्रतिको ज्ञानलाई सरलीकृत गर्नु मात्र हो अर्थात समयको मुर्त सुरुवात र अन्त्य दुवै सम्भब छैन यसलाई वर्षहरुमा बिभाजन त केवल मानवीय विवेकले मात्र गरेको हो । हो,त्यहि मानवीय बिबेक अहिले पर्यावाची बनेको छ सुरुवातको , संकल्पको र निश्चयताको । जसरी नित्य स्नान पश्चात मानिस फुर्तिलो अनुभब गर्छ उस्तै तर फरक शैलीको रिफ्रेसमन्ट बनेको छ नँया बर्ष । नँया वर्ष अर्थात नँया जोस, नँया उमङ्ग। प्रयोगले निरन्तरता पाउँदै जाँदा हाम्रा दैनान्तित क्रियाकलापहरु पनि बर्षहरुमा टुक्रयाइयो।जस्तो कि नयाँ बालक स्कूल भर्ना गर्ने उमेर छ बर्ष, सेवा निबृत हुने उमेर साठी बर्ष, शैक्षिक सत्रको पुरा अवधि एक बर्ष, आदि आदि । यसले समयको स्पस्ट रेखांकन दियो र मानिसहरुलाई जानकार पनि बनाईदियो समय प्रति ।
यसो सोचौ त मौसम यदि चक्रीय पथमा नहिड्ने हो भने प्रतेक बर्षका बैशाखहरुमा बाताबरणको तात्त्विक भिन्नता अनुभब हुँदो हो तर प्रकृतिलेनै यो कुरालाई असम्भब बनाईदिएको छ । उसो त उही महिनाहरुमा फरक मौसम अनुभूत नहुने हैन हुन्छ तर ज्यादातर अन्तर पाइदैन। यहि कारणलेनै मान्छेहरुलाई नँया सुरुवातको अनुभब हुन्छ प्रतेक नँयाबर्षमा । यति हुँदाहुँदै पनि नँयाबर्ष पुरानै कुराको नँया अवसर हैन, जुन कालखण्ड बितेर गईसक्यो त्यसको रिपिटेसन सम्भब छैन जस्तो कि ट्याब्लेट, कम्प्युटरहरुमा खेलिने खेलमा लाइफ रहुन्जेलमात्र फेरी दोहोराएर खेल खेल्न पाईन्छ । खेल खेल्न त पाईन्छ तर अवस्था पुरानै रहदैन, हो त्यस्तै शृंखला हो नँयाबर्ष । अवसर पनि हो यो यस अर्थमा कि नँया हाईट स्कोर बन्न पनि सक्छ । तर जीवन अलिक फरक छ पुरानै पथबाट नहिड्न पनि त सक्छ ।

जसरी होस देश बिक्रमादित्यको २०७० सालबाट गुज्रिसकेको छ र हामीहरुले पनि बिताईसकेका छौ । कसैलाई बर्ष शुभ रहे होला त कसैलाई ठिकठिकै त कसैलाई झुर पनि । बिग्रेका कुराहरुको पश्चत्तापले अब निल्ने गाँस पनि तितो हुनेछ र २०७१ साल पनि खल्लो । राम्रा कुराहरू सम्झनु , लागु गर्नु र पुराना कुरा बिर्सनुमा सबैको बेस होला, बेस होस। यस्तै सत्तरी साल अक्षरहरुको लागि मध्यम रह्यो । लेख्नेहरुले चर्चा पनि पाए । मोफसलमा केहि नँया साहित्तिक संथाहरुको जन्म भयो, खैर तिनले अब आउने बसन्तहरु कसरी बिताउने हुन त्यो हेर्ने बाँकि छ । कार्यक्रमको हकमा उस्तै कार्यक्रमले निरन्तरता पाए भने केहि उलेखनीय/ हुनैपर्ने कार्यक्रमहरु आयोजना भएनन् , केहि नँया कार्यक्रम पनि भए । राष्ट्रिय मुक्त्तक प्रतिष्ठानको मूल आयोजना र मुक्तक मंच पोखराको सहकार्यमा राष्ट्रिय मुक्तक गोष्ठी संम्पन्न भयो । जे होस लेख्नेहरुले सुनाउने केहि अवसर पाए, नँया पढ्नेहरु पनि थपिए ।
साहित्तिक वृतमा बिबिध बहसहरु भइनै रहे । कसैले अक्षरहरुको संगति र निर्माणको पद्दतिमै रटान लिए बिशेष कविता, गजल र मुक्तकको हकमा । कसैले भाबको सम्प्रेसण र बिषय उठानमा महत्ता दिए ।तर जे गरे आफ्नै कुरा गरे अरुको कुरा सुने नसुनेझैँ गरे । पहिला झैँ कति नँया आउनेहरु अन्योलमा परे, कतिले एउटा पक्ष समाते र कति मझधारबाट आगाडी बढे । सबैभन्दा बढी गजल लेख्न खोज्नेहरु अनि बल्ल अरु विधामा लेखनी चलाउन खोज्नेहरु भित्रिए भन्दा फरक नपर्ने देखियो ७० कोबर्षभरि । अरु लेख्न खोज्नेहरु पनि उलेख्य भित्रिए लेखनको माहोलमा । लेखन र अध्ययन परिपुरक कुरा हुन । दुवै बिना एक अर्काको सम्भब छैन । देशका विभिन्न ठाउँका पुस्तक प्रदर्शनीले यो कुरामा बिशेष टेवा पुर्याए । आम सन्चार जगत र लेख्नेहरुले पनि सामाजिक संजाललाई बहुतै प्रयोग गरे खासगरी फेसबुक र ट्वीटर, सूचना प्रवाह गर्न र साना रचना पस्किन ।  
मोफसल र राजधानी सबैतिरबाट केहि पुस्तकहरु प्रकाशित पनि भए, चर्चा पनि भयो । पोखराबाट सरस्वती प्रतिक्षाको “बागी सारंगी”, शरणआँसुको “असमय” कविता सङ्ग्रह चर्चामा रहे । देशभरि नै गजल सङ्ग्रह छापिए । शब्दघर प्रकाशनको बिसजना गजलकरको संयुक्त गजल संग्रह “ कैफियत” पनि चर्चामा रह्यो । त्यस्तै समर प्रकाशको गजल सङ्ग्रह “पर्खाल” पनि बर्षको अन्त्य तिर छापियो र बिमोचन हुने तरखरमा छ  । राजधानीबाट दुई युवा कवि निरज भट्टराईको “धुँवाको धागो  र राबतको “राजधानी मास्तिरको राजधानी” कविता संग्रह प्रकाशित रहे । बर्षको अन्त्यमा रमेश सायनको “भागेर भूगोलभरि ” को पनि बिमोचन भयो । यी केहि नामहरु मात्र हुन, बर्षभरिनै साहित्यले नयाँ नयाँ कृतिहरु पाईरह्यो । मदन पुरस्कार राजन मुकारुङको उपन्यास “दमिनी भिर”ले हुत्यायो ।    
देशले केहि स्रस्टाहरु गुमायो पनि, पोखराले कबि तथा गीतकार बिनोद गौचनलाई गुमाउनु पर्यो ।
मोफसलको पोखराको लागि पनि ७० साल उलेखनीयनै रह्यो । गजल सन्ध्या पोखराको नियमित रचना बाचन, पोखरेली युवा सांस्कृतिक परिवारका समता सृंखलाहरु, इन्सास पश्चिमान्चलको नियमित रचना वाचन, मुक्तक मन्च पोखराको नियमित रचना बाचन जस्ता कार्यक्रमहरु भइनै रहे । र्यान्डम रिडर्स सोसाइटीले बिबिध कृति तथा लेखनको चर्चा गरिनै रह्यो । केहि एकल वाचनहरु पनि सम्पन्न भए ।

अब यत्तिले चित्त बुझाएर पुग्दैन, पोखराको लेखनले केहि नँया मागेको छ । साहित्तिक संथाले ति कुराहरुमा ध्यान दिन सकुन र २०७१ सालले लेखनको वृतमा केहि नँया छोड्न सकोस सतत शुभकामना । इति श्री । 
------------------------------------------------------------------------------------------------------------------------------------------------------
                                                                   हटलाईन राष्ट्रिय दैनिकबाट 

Monday, 7 April 2014

मैले देखेको पोखरा : विकास र प्रबिधि

·      
     मैले देखेको पोखरा : विकास र प्रबिधि 

·                                       kY¥of]bfz k|ldn
·        Email :  duo.fello@gmail.com
       kv{fn leqaf6    

इन्जिनियरिंग अध्यन सुरु गरे देखिनै मलाई कुनै न कुनै देखिने गरि परिवर्तन गर्न सकियोस भन्ने चाहनाले छोपेको हो । उसो त देशमा अबधारणाको खाँचो भन्दा ब्यबहारिक सोचको खाँचो महसुस भैरहेको छ यतिखेर । दिनहुँ नयाँ नयाँ योजना त बनेका छन तर तिनलाई न प्रयोगमा उतारियो न उतार्ने प्रयत्न नै गरियो । “वर्ड्स टु डीड” अर्थात शब्दलाई कार्यरुप दिन त्यति सजिलो छैन जति सहज परिकल्पना गर्दा हुन्छ । बर्षेनी हज्जारौ सम्बन्धित कार्यक्षेत्रका बिशेषज्ञहरु उत्पादन भैराखेको यो अवस्थामा नयाँ नयाँ सोच र योजनाको परिकल्पना हुनु कुनै नौलो कुरा हैन तैपनि त्यस्ता सोच र परिकल्पनाको आफ्नै किसिमको महत्व छ र रहिरहनेछ । देशसँग अहिले सबैथोक छन योजना बनाउने योजनाकार, कार्यरूप दिने म्यानेजर र काम गर्न सक्ने बेरोजगार युवाहरुको लामो ताँती तैपनि सानो पुँजी र अदुरदर्शीताले हामी दिनानुदिन पछी परिरहेछौ अब पनि हामीले हाम्रो यो कार्य शैलीलाई परिवर्तन गर्न सकेनौ भने न देश बन्छ न हाम्रा सन्ततिले सुख प्राप्त गर्ने सक्नेछन।

देशमा यतिखेर केहि ठुला र महत्वकान्क्षी योजनाहरुको आवश्यकता छ । दिनहुँ हुने लोडसेडिङ समस्या समाधान र व्यापक औधोगिक उत्पादन बृदिको लागि जलबिधुत परियोजना, यातायातको सेवा र सुबिधाको लागि ठुला हाईवे तथा रेलमार्ग र अन्य यस्तै यस्तै अन्य योजनाहरु । त्यसो त भौतिक संरचना निर्माणनै सबै विकास होइन तर भौतिक संरचना र खासगरि भरपर्दो यातायात ब्यवस्ता अहिले सबैभन्दा ठुलो आवस्यकता हो । लोडसेडिङ रहित देश र सुब्यबस्तित यातायातको परिकल्पना मात्र गर्ने हो देश अहिलेको अवस्था भन्दा कयन गुना राम्रो अवस्थामा पुग्न सक्छ । प्रतक्ष्य हेर्दा नदेखिए पनि यसले शिक्षा र रोजगारको ठुलो समस्यालाई समाधान गर्न सक्छ । देशमा आर्थिक र औधोगिक क्रान्तिको जुन कुरा गरिन थालिएको छ त्यसका लागि यस्ता योजनाहरु अबिलम्ब सुरु गरिनुपर्छ ताकी परिवर्तनको लागि आबश्यकिय बाताबरण निर्माण होस । तर यति हुँदाहुँदै पनि सानो पुँजी र थोरै कसरतमै सम्पन्न हुनसक्ने योजनाहरुलाई बिर्सिनु हुदैन जसले बिकासमा ठुलै हिस्सा ओगट्छन । देशका विभिन्न ठाउँमा सन्चालन हुन सक्ने त्यस्ता धेरै साना तर महत्वपूर्ण योजनाहरु धेरै छन जुन भौगोलिक आबस्यकता र वर्तमान  बिकासको परिस्थितिको आधारमा निर्धारित हुन्छन । जसको चर्चा भबिश्यका “पर्खाल भित्रबाट” शृंखलामा भइनै रहनेछ ।
      
पोखरा आफ्नो सुन्दरताले चर्चित सहर हो । पोखरामा विकास संगसंगै यसको “कस्मेटिक कन्सर्न”मा पनि उत्तिकै ध्यान दिनु जरुरी छ जसले गर्दा यसको पहिचान र पर्यटन ब्यबसाय धरासायी नहोस । हिजोआज विकास सापेक्षिक परिभाषित छ त्यसैले यस्ता कुराहरुमा ध्यान दिन सकियो भने पोखरा सांचिकै सुन्दर र शान्त हुन सम्भब छ । शहरी विकास योजना अन्तर्गतका स-साना कार्यक्रमले पोखरालाई दिगो रुपमा सुन्दर बनाउन सकिन्छ । कटु सत्य के हो भने पोखरा हिजो जस्तै सुन्दर र सफा छैन , बढ्दै गैरहेको अब्यबस्तित शहरिकण र प्रशाशकिय अकर्मन्यताको चपेटामा यो नगर सबैभन्दा अगाडी छ । हिजोको पोखराबाट आजमा द्रुततर गतिमा परिवर्तन हुनुपर्ने हो जुन कछुवा गतिमा मात्र भइरहेछ र देखिने गरि कमै मात्र विकासका कार्यक्रम तर्जुमा गरिएको छ । लेखकले पोखरामा त्यस्ता धेरै क्षेत्रहरु देखेको छ जसमा सानो लगानी र मिहेनतले ठुलै उपलब्धि हात पार्न सकिन्छ । तिनको यँहा सम्भब भएसम्म चर्चा गरिनेछ । 

  
पोखरामा बिगत केहि बर्षदेखि भित्राईएको योजना हो सोलार लाईट । पोखरा धेरै वर्षा हुने क्षेत्र हुँदाहुँदै पनि यो सौर्य उर्जाको सहजै प्रयोग गर्न सकिन ठाउँ हो । पोखराका सबै स्ट्रिट ल्याम्प लाई सोलार ल्याम्पमा मात्र परिवर्तन गर्ने हो भने यो देशकै पहिलो सोलार सिटी र विश्वकै उर्जामैत्री शहरमध्धे एक हुनसक्नेछ । यो उदाहरनिय काम त्यति खर्चिलो काम होइन जसले बैकल्पिक उर्जा प्रवर्धनमा ठुलो टेवा पुर्याउने छ । यसप्रकारको ल्याम्पमा डिसी करेन्टबाट बल्ने लेडबत्ति प्रयोग गरिने हुँदा पिक आओरमा समेत विधुतीय खपतमा केहिहद सम्म ह्रास आउने छ । यसै सिस्टममा एउटा सानो सर्किट प्रयोग गरेर अँध्यारोमा आफै बल्ने र उज्यालोमा निभ्नेगरि संयोजन गर्न मिल्छ । यो सर्किट पचास रुपैंयामा भन्दा कम लागतमै निर्माण गर्न सकिन्छ । पोखरा हिजोआज बेलुका अबेर सम्म खुल्न थालेको छ , र रात्रीजीवनलाई यो कार्यले धेरै हदसम्म सहज बनाउने छ ।  

पोखरामा जब घरहरुको अब्यबस्थित चाप बढ्दै गयो रोडको दाँया र बाँया बिधुत प्रसारणको लागि गाडिएका पोलमा तारहरु माकुरोको जालो जस्तै बेरिएर नगरलाई पुरै कुरूप बनाइदिए । यदि पोखरालाई केहिले कुरूप बनाएको छ भने पोलको वरिपरी टाँगिएका नाङ्गो तार, केबुल र टेलिफोन लाईनले नै हो । यो समस्यालाई अहिलेनै ब्यबस्थित तरिकाले समाधान गर्न सकिन्छ । विश्वका कुनै पनि ठुला सिटीमा स्ट्रिट ल्याम बाहेक , एरियल ट्रान्स्मिसन सिस्टम प्रयोग गरिदैन । अहिले काठमाडौँले भोगेको समस्या पोखराले भोग्नु हुँदैन । पोखराको यो समस्या समाधान गरियो भने यो नेपालको नमुना शहरको रुपमा बिकसित हुनेछ । पोखरा महानगर भित्रमात्रै प्रसारण लाईन भूमिगत ( underground ) गर्न ठुलो मिहेनत गर्नु पर्दैन तर तुलनात्मक रुपमा यो स्ट्रिट ल्याम्पको कार्ययोजना भन्दा महगो र महत्वकाक्षि भने छ । यसको लागि पोखरामहानगर , नेपाल बिधुत प्राधिकरण र सरकारको त्रिपक्षिय सहकार्य जरुरी छ । यसको लागि सबैभन्दा पहिला महानगर क्षेत्रभित्रको मुख्य प्रशारक लाईन जसमा ३३००० भोल्टको बिधुत प्रवाह हुन्छ तेस्लाई अन्डर गराउन्ड गराउनु पर्ने हुन्छ र बाँकि शाखा प्रशारक लाईनलाई क्षेत्रगत रुपमा अन्डर गराउन्ड बनाउन सकिन्छ । विभिन्न प्रयोजनका लागि सडकलाई पटक पटक खन्ने र भत्काउने गर्नुभन्दा सडकको छेउमा सडक विस्तार अगावै यो योजना सुरु गर्नु आवश्यक छ । यदि यो काम मात्र सम्पन्न गर्न सकियो भने पोखरा ब्यबस्थित मात्र हैन सफल पनि हुन्छ ।

अर्को यस्तै सम्पन्न गर्न सकिने क्षेत्र हो इन्टरनेट । पोखरा पर्यटकिय क्षेत्र हो यँहा सूचना तथा संचारको( इन्फोर्मेशन एण्ड कम्युनिकेसन टेक्नोलोजी, ICT ) समान्तरिय विकास आवश्यक छ ।इन्टरनेट सहितको सिटी अर्थात ई-सिटीको रुपमा पोखरालाई परिवर्तन गर्न विभिन्न ठाउँमा हटस्पट ( ताररहित इन्टरनेट छोड्ने ठाउँ) निर्माण गरिनु पर्छ । यो खर्चिलो काम हैन , नेपाल टेलिकम वा अन्य इन्टरनेट सेवा प्रदायक संथा सँग समन्वय गरि विभिन्न ठाउमा प्राथमिकताको आधारमा बनाउन सकिन्छ । यी र यस्तै योजनाहरू सम्पन्न गर्न सकेको खण्डमा पोखरा सांचिकै सुन्दर पोखरा हुन सक्छ कि ? इति श्री ।      

Monday, 31 March 2014

राबतको राजधानी मास्तिरको भूगोल

       पथ्र्योदाश प्रमिल
         Email: duo.fello@gmail.com

राबतको राजधानी मास्तिरको भूगोल

पर्खालभित्रबाट

हिजोआज लेखनमा राजधानी प्राय: प्रतीकात्मक प्रस्तुत भइरहेछ , सायद राजधानी बिस्तारै सपनाको शहरमा परिणत हुन थालेको हो कि ? हुन त राजधानी भित्रपनि फरक फरक अर्धब्यासका राजधानी वृतहरु जन्मिएका छन । लेखकहरुले  सबैभन्दा बाहिरको वृत्तिय परिधिबाट क्रमसः भित्र तिरका गोलाहरुलाई उप्काएका छन लेखनमा । प्याज जति भित्र पुग्यो त्यतिनै गन्हाउंछ, उस्तै प्रतित हुन्छ राजधानी पनि । खैर, राजधानी सुख र सौखको बिम्बात्मक प्रयोग हो । नेपाली लेखनको श्रीबिन्दु काल देखिकै यो बहुचर्चित बिम्बबातै न्वारन भएको एउटा नयाँ कविताकृति हो “ राजधानी मास्तिरको राजधानी ” ।
अरुको ढाडको भरमा उभिएर दौडिने सपना अधिकांशले देख्छन, गज्जब छ साहित्यको दुनिया पनि स्थापित, चर्चित र शिरमा हिउँ फुलेकाहरुसँगनै भूमिका लेखाउनै पर्ने साँघुरो मानसिकताबाट यो गुज्रिरहेकै बेला रावतको कविताकृति अलिक भिन्न तवरले अवतरित भएको हो । आफ्नो अनन्य मित्र र समकालीनले जस्तो कुनै पनि लेखकलाई कसैले बुझेको हुदैन । निरज भट्टराई समकालीन लेखक हुन अनि राबत जस्तै गजलकार र कबिपनि । निरजले एकदमै  नजिकबाट देखेका छन कविता भित्र र बाहिर दुबैको राबत र पोखिएका छन भूमिका बाहिर भरि ।
सामाजिक दुराबस्थाको न्यायिक चित्रण सहज होइन र कहिल्यै हुदैन पनि । सरल शब्दको प्रयोगमा बोधगम्य भाब संयोजन राबतको मौलिक बिशेषता हो । कृतिभरि समाजको कालो पाटो र देशको जर्जर कालखण्ड सालिक बनेर उभिएको छ । हामी आफैले भोगेको दुखान्त जिन्दगीको काब्बिक लेख्य स्वरूपनै राजधानी मास्तिरको राजधानी हो । आम समुदायले भोग्ने बेदनाको हृदयस्पर्शी प्रस्तुतिकरणले जति कृतिलाई मौलिक र पठनीय बनाएको छ , उतिनै बिम्बको घुमाउरो प्रयोगले सशक्त पनि । पोखरी जमेको पिडा र परिवर्तन नभएको प्रतिकुलतासंगै, भेल बगेको आँसु एकै चोटी सम्बोधन गरेका छन कविले “सम्बोधन”मा
जसरी
छोडेर गएकाथ्यौ 
खाँदाखांदैको आधा गाँस
गोडदागोडदैको आधा पाखो
रुँदारुंदैको आधा आँसु
हो, त्यहींबाट सम्बोधन गरिरहेछु तिमीलाई –.............(सम्बोधन)

सम्बोधन कविताभरि समयको अभिब्यक्ति दिएका मात्र छैनन कविले, निस्प्रिय चेतनाद्वारले देख्ने आशामोह पनि पोखिदिएका छन जस्तो कि

त्यता कतै बालकको हातमा
कागजको जहाज देख्यौ भने,
सम्झनु-पत्र सकुशल तिम्रो हातमा पर्यो......... (सम्बोधन)                               

शब्दहरु आफैमा प्रीतिकर हुदैनन् तर सृजनाको तिलस्मी बहुपासले गज्जबको इन्द्रेणी बनाउन सकिँदो रहेछ शब्दहरुको । त्यसो त राबत आफ्नो यहि क्षमताले पहिलेनै लेख्नेहरु माझ चर्चित छन । उनि लेखेर मात्र होइन जितेर पनि चर्चित छन धेरै कविता स्पर्दाहरु, सिधै हृदयको कुनामा हिर्काएर संवेगिय बनाउने उनको बिशेषताले । उनले जुनसुकै रङ्गमा पनि उतारेका छन मातृस्नेह र प्रेम सायद रेखाहरुसँग खेल्ने र स्केच बनाउने बानीले पनि अभ्यन्तरबाट केहि पोखिएको होला - मगजको “सबकन्सस”

तिमी आउँदा
सबैथोक बिर्सिए पनि
नबिर्सी ल्याउनु दुई-थोक मन र मुस्कान

सँघारमा
रारा र फेवाको जलघडा बोकेर
पर्खिरहेको मै हुनेछु । ( निमन्त्रणा )     

म कविता कृतिको विश्लेषणात्मक लेखन मन पराउदिन, राम्रो र नराम्रोको न्यायिक तराजुमा कसैको सिर्जनापनि जोख्न मिल्दैन । भाबको धार्नी पुर्याउन खोज्नु भन्दा अर्को मुर्खता केहिहुनै सक्दैन । मैले जे लेख्न खोजेको छु त्यो राबतको कविताकृति भित्र भेटिएका स्पटिक अनुहारहरु मात्र हुन । यसको अर्थ यो होइन “राजधानी मास्तिरको राजधानी” कविताको अलौकिक पुस्तक हो । बरु यो भाबको सन्तुलित प्रयोगको नविनतम उदाहरण भने हो ।

क्रान्तिचेतको रेतिले लाग्नेगरि धारिलो बनाईएका कविता हरफहरुले मथिंगलमा रवाफिलो हमला गर्छन घरिघरि । कुनै कविता पनि छैनन परिवर्तनको लालटिन बालेर निर्मम दमनको चारकोसे झाडीको सफरमा ननिस्केका तर केहि संगको उज्ज्यालो परैबाट प्रष्ट देखिन्छ । कवितामा असन्तुस्टिको ज्वालामुखी छोड्नु पहिले कर्तब्यबोधले निथ्रुक्क भिजेका  छन कबि । पुरापुर सचेतना भेटिएको छ आवाज उठाउने तरिकामा पनि ।

संधैसंधै आँखामा ठोक्किने
संधैसंधै बाटो छेक्न खोज्ने
संधैसंधै एकसुरले फर्फराइरहने
यो देशको झन्डाजस्तै,
त्यो पिपलको हाँगामा झुन्डिएको
रातो सलबरमा गन्हाउने
तात्तातो विर्य कसको हो ? ( कसको हो ?)

यदि गाँस, बास र कपासको नाममा मैले
देश छोड्नु पर्यो भने क हुन्छ ?

जवाफ दिनु पर्नेछ देशले
आउने पिंढीहरुलाई ।   ( जवाफदेहि ) 
शब्दहरुमा दृष्यानुभूत दिन सक्नु लेखकको सफलता हो, पात्र आफै जुर्मुराएर पाठकको ठिक आगाडी उभिएर बताएजस्तै लाग्छन कविता । आयातित पात्रहरुको जटिल जीवन चित्रण गर्नु र अतिरन्जना थप्नुको रोगबाट कबि कंहि पनि प्रवाभित छैन बरु उसले आफ्नै छाती भित्रको पखेराबाट खोजेको छ पात्रहरु र खुला पारिदिएको छ हृदयको आकाश । यस्ता भुइँपात्रहरुको कथानक प्रस्तुतिले कवितालाई सजिब तुल्लाएको हो ।
  
परिबर्तन उठानमात्र होइन अठोट पनि हो ,भ्रमको जालो पन्छाएर दृढताको सिल्प खोप्न त्यति सजिलो छैन जति सजिलै सोच्न सकिन्छ । आँट र बिश्वासको आंचलले पुरै छाती ढाकिनु पर्छ र दमनको चापले च्यातिनु पर्छ सहनशीलताको सिमारेखा अनि मात्र जन्मिन्छ दूरी मेट्ने अद्भूत साहस । यो विषमताको पत्रपत्र केलाएर पाठकलाईनै बेचैन हुनेगरी छाती भरि डढेलो लगाउछन कविले । अनुभुतिको पेरुंगोमा गज्जबसँग मच्चिनु पर्छ अनि मात्र स्खलन हुन्छ भाबको यो संवेग ।
सक्नुहुन्छ भने,
ठुन्क्याइदिनुस मेरा यी
ल्याप्चे लाउंदा-लाउंदा लाटा  भएका औंलाहरु
फुटाईदिनुस् मेरा यी
सपना मात्रै देख्ने आँखाहरु
सक्नुहुन्छ भने,
जफत गरिदिनुस मेरा यी
फिता छिनेका चप्पल र नाम्लो

तर यसपाला म हजुरको सहरबाट
रित्तो हात फर्कने छैन ।       ( ओ, समय! )   

निरजले लेखेका छन राबतका केहि स्वतन्त्र लेखनका उपजहरु मास्टरपिस कहलाइनेमा कुनै शंका छैन र मेरो पनि सहमति छ यसमा । केहि कविताहरु “सो-पिस” जस्तै बजारिया अर्थतन्त्रको मर्मानुभुतीका उपज जस्तै लाग्छन तर पनि काबिक्ता हराएर कुनै पनि कविता नपुंसक बनेका छैनन् त्यो नै सबलता हो ।     

कवितामा भाबको आंधीमात्र होइन उस्तै बिम्बको ग्ल्यामरमा कबि उत्रिएका छन । मलाई कँही अल्झाइदिए र सोचको गहिराई तिर धकेलिदिए भने यस्तै पङ्क्तिहरुले गरे । बिम्बको यो घनिभूत सम्योजनमा उनको कला गज्जबको देखिएको छ । उनको सर्जकिय क्षमतको परिचय बनेर सङ्ग्रहभरी छरिएका यिनै हरफहरु हुन, जसमा शब्दको बेजोड प्रयोग छ  ।

भुइंमा पछारेर काला बादलहरु
कुल्चिदिन्छु हरिया खुट्टाहरुले
र, झुण्ड्याइदिन्छु घाँटीमा सुनौला बालाहरु ।   ( समय चक्र )  

यौन कँही न कँहीबाट सुख र सन्तुस्टिको पर्यायवाची बनेर देखापरेको अनुभुत हुन्छ कृतिमा, बिम्बहरुको कठघरामा बडो खरो उतारीदिएका छन राबतले “सेक्स साइकोलोजी” । प्रेमलाई बिशिष्ट अर्गाजम बनाएर प्रस्तुत गरिएको छ शिर्ष कवितामा पनि । मदिराले पनि छोडेको छैन केहि कविताहरुलाई तर यो लेखनको पुरातन बिशेषता हो, खैर जे होस प्रस्तुतिको शालिन कसिले यो घनिभूत बनेको छ ।

म पनि राबतको लेखनीको छिटो मसी हुँ र म पनि अभिभूत भएको थिए लेखनमा आफूलाई भेट्टाएर । लामो समय पछी काब्बिक लेखनको “ग्याप” लाई राजधानी मास्तिरको राजधानीले हटाईदिएको छ र कविता लेखनको वृतमा ठुलो हलचल ल्याएको पनि छ । रावतको यो कामुक उपस्थिति सदा रहोस शुभकामना । इति श्री ।

तेरो यो पुस्तैनी भट्टीबाट
तन्तनी पिएर कीरा परेको छ्यांङ्
आइज ,
हाम्ले पनि चिच्याई-चिच्याई भन्दिउ –
“हामी पनि हौ यंहाको मालिक-मालिक्नी ,
हाम्रो पनि छ तिम्रो जस्तो राजधानी ।   ( राजधानी मास्तिरको राजधानी )