गजल
किन सम्झनाहरुले मलाई यसरि सताउछन ।
नयन रसाउछन, अनी परेलीहरु बिझाउछन ।
दरबारहरु ढुक्क भएर नबस,एक्दिन त जरुर
झुपडीहरु मसाल समाउछन,नारा लगाउछन ।
अरे,तिमीले जती सम्झाएपनी,ती केटाकेटीहरु
हिलो खेलाउछन, खेल्छन र धुलो चलाऊछन।
मेरो अँगालोमा कसो न्यानो नमिल्ला र प्रिय?
हरबखत पोलिरहन्छ ,छाती भरी घाउ छन ।
No comments:
Post a Comment