तेरो सम्झना मात्र घरीघरी घर आउछ ।
परदेशी छोरालाई आमाको उत्तर आउछ ।
कस्ता होलान बिधवाका रातहरु,जस्लाई
सुहागरात र लोग्नेको याद परस्पर आउछ ।
शिशिरमा जस्तै नांगिएपनी, उजाडीएपनी
बसन्तमा उस्तै मौसम र ययावर आउछ ।
अरे,म कसरी प्रणय गजल लेँखु प्रियसी
खाली देश र देशको अवस्था नजर आउछ ।
सबै प्रमाणपत्रहरु आगो लगाइदिउ र ताँपौ
मनमा कहिलेकाही यस्तो पनि रहर आउछ ।
कसैले यो त बताइदेउ,यी मान्छेहरुको
कहिले सिङ पलाउछ,अनी पुच्छर आउछ ।
No comments:
Post a Comment