Friday, 12 July 2013

गजल

बादलले सधैं यादहरु बोकेर ल्याउछ।
अनी किन मै माथि आएर बर्षाउछ।

अरे तिमीले मुरली जसरी फुक्नेछौ
त्यसबाट आवाज त्यसरिनै आउछ

नुनिलो हुन्छ अमिलो हुन्छ,तै
तिम्रो वचनले घाउ किन चहराउछ?

आँसु भरिएका झुपडीका खोपाहरुमा
उल्टै सरकार छापा मारेर  सताउछ।

  जाने बेला मलाई यै भनेर गई  
ज्ञात होस् बनको चरी बनमै रमाउछ।

यसरी लोभियो,कुरेर बस एकदिन
पक्कै पनि खाममा मुटु राखेर पठाउछ।

भट्टि बन्द भएपछी,अब आफ्नो  
दिल कसरी टाल्छ कसरी सिलाउछ।    
 
    
    

       

No comments: