kv{fn leqaf6
इन्जिनियरिंग अध्यन सुरु गरे देखिनै मलाई कुनै न
कुनै देखिने गरि परिवर्तन गर्न सकियोस भन्ने चाहनाले छोपेको हो । उसो त देशमा
अबधारणाको खाँचो भन्दा ब्यबहारिक सोचको खाँचो महसुस भैरहेको छ यतिखेर । दिनहुँ
नयाँ नयाँ योजना त बनेका छन तर तिनलाई न प्रयोगमा उतारियो न उतार्ने प्रयत्न नै
गरियो । “वर्ड्स टु डीड” अर्थात शब्दलाई कार्यरुप दिन त्यति सजिलो छैन जति सहज
परिकल्पना गर्दा हुन्छ । बर्षेनी हज्जारौ सम्बन्धित कार्यक्षेत्रका बिशेषज्ञहरु
उत्पादन भैराखेको यो अवस्थामा नयाँ नयाँ सोच र योजनाको परिकल्पना हुनु कुनै नौलो
कुरा हैन तैपनि त्यस्ता सोच र परिकल्पनाको आफ्नै किसिमको महत्व छ र रहिरहनेछ ।
देशसँग अहिले सबैथोक छन योजना बनाउने योजनाकार, कार्यरूप दिने म्यानेजर र काम गर्न
सक्ने बेरोजगार युवाहरुको लामो ताँती तैपनि सानो पुँजी र अदुरदर्शीताले हामी
दिनानुदिन पछी परिरहेछौ अब पनि हामीले हाम्रो यो कार्य शैलीलाई परिवर्तन गर्न
सकेनौ भने न देश बन्छ न हाम्रा सन्ततिले सुख प्राप्त गर्ने सक्नेछन।
देशमा यतिखेर केहि ठुला र महत्वकान्क्षी
योजनाहरुको आवश्यकता छ । दिनहुँ हुने लोडसेडिङ समस्या समाधान र व्यापक औधोगिक
उत्पादन बृदिको लागि जलबिधुत परियोजना, यातायातको सेवा र सुबिधाको लागि ठुला हाईवे
तथा रेलमार्ग र अन्य यस्तै यस्तै अन्य योजनाहरु । त्यसो त भौतिक संरचना निर्माणनै
सबै विकास होइन तर भौतिक संरचना र खासगरि भरपर्दो यातायात ब्यवस्ता अहिले सबैभन्दा
ठुलो आवस्यकता हो । लोडसेडिङ रहित देश र सुब्यबस्तित यातायातको परिकल्पना मात्र
गर्ने हो देश अहिलेको अवस्था भन्दा कयन गुना राम्रो अवस्थामा पुग्न सक्छ ।
प्रतक्ष्य हेर्दा नदेखिए पनि यसले शिक्षा र रोजगारको ठुलो समस्यालाई समाधान गर्न
सक्छ । देशमा आर्थिक र औधोगिक क्रान्तिको जुन कुरा गरिन थालिएको छ त्यसका लागि
यस्ता योजनाहरु अबिलम्ब सुरु गरिनुपर्छ ताकी परिवर्तनको लागि आबश्यकिय बाताबरण
निर्माण होस । तर यति हुँदाहुँदै पनि सानो पुँजी र थोरै कसरतमै सम्पन्न हुनसक्ने
योजनाहरुलाई बिर्सिनु हुदैन जसले बिकासमा ठुलै हिस्सा ओगट्छन । देशका विभिन्न
ठाउँमा सन्चालन हुन सक्ने त्यस्ता धेरै साना तर महत्वपूर्ण योजनाहरु धेरै छन जुन
भौगोलिक आबस्यकता र वर्तमान बिकासको
परिस्थितिको आधारमा निर्धारित हुन्छन । जसको चर्चा भबिश्यका “पर्खाल भित्रबाट”
शृंखलामा भइनै रहनेछ ।
पोखरा आफ्नो सुन्दरताले चर्चित सहर हो । पोखरामा
विकास संगसंगै यसको “कस्मेटिक कन्सर्न”मा पनि उत्तिकै ध्यान दिनु जरुरी छ जसले
गर्दा यसको पहिचान र पर्यटन ब्यबसाय धरासायी नहोस । हिजोआज विकास सापेक्षिक परिभाषित
छ त्यसैले यस्ता कुराहरुमा ध्यान दिन सकियो भने पोखरा सांचिकै सुन्दर र शान्त हुन
सम्भब छ । शहरी विकास योजना अन्तर्गतका स-साना कार्यक्रमले पोखरालाई दिगो रुपमा
सुन्दर बनाउन सकिन्छ । कटु सत्य के हो भने पोखरा हिजो जस्तै सुन्दर र सफा छैन ,
बढ्दै गैरहेको अब्यबस्तित शहरिकण र प्रशाशकिय अकर्मन्यताको चपेटामा यो नगर
सबैभन्दा अगाडी छ । हिजोको पोखराबाट आजमा द्रुततर गतिमा परिवर्तन हुनुपर्ने हो जुन
कछुवा गतिमा मात्र भइरहेछ र देखिने गरि कमै मात्र विकासका कार्यक्रम तर्जुमा
गरिएको छ । लेखकले पोखरामा त्यस्ता धेरै क्षेत्रहरु देखेको छ जसमा सानो लगानी र
मिहेनतले ठुलै उपलब्धि हात पार्न सकिन्छ । तिनको यँहा सम्भब भएसम्म चर्चा गरिनेछ ।
पोखरामा बिगत केहि बर्षदेखि भित्राईएको योजना हो सोलार
लाईट । पोखरा धेरै वर्षा हुने क्षेत्र हुँदाहुँदै पनि यो सौर्य उर्जाको सहजै
प्रयोग गर्न सकिन ठाउँ हो । पोखराका सबै स्ट्रिट ल्याम्प लाई सोलार ल्याम्पमा
मात्र परिवर्तन गर्ने हो भने यो देशकै पहिलो सोलार सिटी र विश्वकै उर्जामैत्री शहरमध्धे
एक हुनसक्नेछ । यो उदाहरनिय काम त्यति खर्चिलो काम होइन जसले बैकल्पिक उर्जा
प्रवर्धनमा ठुलो टेवा पुर्याउने छ । यसप्रकारको ल्याम्पमा डिसी करेन्टबाट बल्ने
लेडबत्ति प्रयोग गरिने हुँदा पिक आओरमा समेत विधुतीय खपतमा केहिहद सम्म ह्रास आउने
छ । यसै सिस्टममा एउटा सानो सर्किट प्रयोग गरेर अँध्यारोमा आफै बल्ने र उज्यालोमा
निभ्नेगरि संयोजन गर्न मिल्छ । यो सर्किट पचास रुपैंयामा भन्दा कम लागतमै निर्माण
गर्न सकिन्छ । पोखरा हिजोआज बेलुका अबेर सम्म खुल्न थालेको छ , र रात्रीजीवनलाई यो
कार्यले धेरै हदसम्म सहज बनाउने छ ।
पोखरामा जब घरहरुको अब्यबस्थित चाप बढ्दै गयो रोडको
दाँया र बाँया बिधुत प्रसारणको लागि गाडिएका पोलमा तारहरु माकुरोको जालो जस्तै बेरिएर
नगरलाई पुरै कुरूप बनाइदिए । यदि पोखरालाई केहिले कुरूप बनाएको छ भने पोलको वरिपरी
टाँगिएका नाङ्गो तार, केबुल र टेलिफोन लाईनले नै हो । यो समस्यालाई अहिलेनै ब्यबस्थित
तरिकाले समाधान गर्न सकिन्छ । विश्वका कुनै पनि ठुला सिटीमा स्ट्रिट ल्याम बाहेक ,
एरियल ट्रान्स्मिसन सिस्टम प्रयोग गरिदैन । अहिले काठमाडौँले भोगेको समस्या
पोखराले भोग्नु हुँदैन । पोखराको यो समस्या समाधान गरियो भने यो नेपालको नमुना
शहरको रुपमा बिकसित हुनेछ । पोखरा महानगर भित्रमात्रै प्रसारण लाईन भूमिगत ( underground
) गर्न ठुलो मिहेनत
गर्नु पर्दैन तर तुलनात्मक रुपमा यो स्ट्रिट ल्याम्पको कार्ययोजना भन्दा महगो र
महत्वकाक्षि भने छ । यसको लागि पोखरामहानगर , नेपाल बिधुत प्राधिकरण र सरकारको
त्रिपक्षिय सहकार्य जरुरी छ । यसको लागि सबैभन्दा पहिला महानगर क्षेत्रभित्रको मुख्य
प्रशारक लाईन जसमा ३३००० भोल्टको बिधुत प्रवाह हुन्छ तेस्लाई अन्डर गराउन्ड गराउनु
पर्ने हुन्छ र बाँकि शाखा प्रशारक लाईनलाई क्षेत्रगत रुपमा अन्डर गराउन्ड बनाउन
सकिन्छ । विभिन्न प्रयोजनका लागि सडकलाई पटक पटक खन्ने र भत्काउने गर्नुभन्दा
सडकको छेउमा सडक विस्तार अगावै यो योजना सुरु गर्नु आवश्यक छ । यदि यो काम मात्र
सम्पन्न गर्न सकियो भने पोखरा ब्यबस्थित मात्र हैन सफल पनि हुन्छ ।
अर्को यस्तै सम्पन्न गर्न सकिने क्षेत्र
हो इन्टरनेट । पोखरा पर्यटकिय क्षेत्र हो यँहा सूचना तथा संचारको( इन्फोर्मेशन एण्ड
कम्युनिकेसन टेक्नोलोजी, ICT ) समान्तरिय विकास आवश्यक छ ।इन्टरनेट सहितको
सिटी अर्थात ई-सिटीको रुपमा पोखरालाई परिवर्तन गर्न विभिन्न ठाउँमा हटस्पट (
ताररहित इन्टरनेट छोड्ने ठाउँ) निर्माण गरिनु पर्छ । यो खर्चिलो काम हैन , नेपाल
टेलिकम वा अन्य इन्टरनेट सेवा प्रदायक संथा सँग समन्वय गरि विभिन्न ठाउमा
प्राथमिकताको आधारमा बनाउन सकिन्छ । यी र यस्तै योजनाहरू सम्पन्न गर्न सकेको खण्डमा
पोखरा सांचिकै सुन्दर पोखरा हुन सक्छ कि ? इति श्री ।



No comments:
Post a Comment