शब्दहरुको आँखीझ्याल बाट नँयाबर्ष
Patharyodash Pramil
duo.fello@gmail.com
समय अभिछिन्नता र निरन्तरता हो, यसमा अल्पबिरामको
प्रयोग गरेर साना साना टुक्राहरुमा विभक्त गर्नु यसप्रतिको ज्ञानलाई सरलीकृत गर्नु
मात्र हो अर्थात समयको मुर्त सुरुवात र अन्त्य दुवै सम्भब छैन यसलाई वर्षहरुमा
बिभाजन त केवल मानवीय विवेकले मात्र गरेको हो । हो,त्यहि मानवीय बिबेक अहिले
पर्यावाची बनेको छ सुरुवातको , संकल्पको र निश्चयताको । जसरी नित्य स्नान पश्चात
मानिस फुर्तिलो अनुभब गर्छ उस्तै तर फरक शैलीको रिफ्रेसमन्ट बनेको छ नँया बर्ष । नँया
वर्ष अर्थात नँया जोस, नँया उमङ्ग। प्रयोगले निरन्तरता पाउँदै जाँदा हाम्रा
दैनान्तित क्रियाकलापहरु पनि बर्षहरुमा टुक्रयाइयो।जस्तो कि नयाँ बालक स्कूल भर्ना
गर्ने उमेर छ बर्ष, सेवा निबृत हुने उमेर साठी बर्ष, शैक्षिक सत्रको पुरा अवधि एक
बर्ष, आदि आदि । यसले समयको स्पस्ट रेखांकन दियो र मानिसहरुलाई जानकार पनि बनाईदियो
समय प्रति ।
यसो सोचौ त मौसम यदि चक्रीय पथमा नहिड्ने हो भने
प्रतेक बर्षका बैशाखहरुमा बाताबरणको तात्त्विक भिन्नता अनुभब हुँदो हो तर प्रकृतिलेनै
यो कुरालाई असम्भब बनाईदिएको छ । उसो त उही महिनाहरुमा फरक मौसम अनुभूत नहुने हैन
हुन्छ तर ज्यादातर अन्तर पाइदैन। यहि कारणलेनै मान्छेहरुलाई नँया सुरुवातको अनुभब
हुन्छ प्रतेक नँयाबर्षमा । यति हुँदाहुँदै पनि नँयाबर्ष पुरानै कुराको नँया अवसर
हैन, जुन कालखण्ड बितेर गईसक्यो त्यसको रिपिटेसन सम्भब छैन जस्तो कि ट्याब्लेट, कम्प्युटरहरुमा
खेलिने खेलमा लाइफ रहुन्जेलमात्र फेरी दोहोराएर खेल खेल्न पाईन्छ । खेल खेल्न त
पाईन्छ तर अवस्था पुरानै रहदैन, हो त्यस्तै शृंखला हो नँयाबर्ष । अवसर पनि हो यो
यस अर्थमा कि नँया हाईट स्कोर बन्न पनि सक्छ । तर जीवन अलिक फरक छ पुरानै पथबाट नहिड्न
पनि त सक्छ ।
जसरी होस देश बिक्रमादित्यको २०७० सालबाट
गुज्रिसकेको छ र हामीहरुले पनि बिताईसकेका छौ । कसैलाई बर्ष शुभ रहे होला त कसैलाई
ठिकठिकै त कसैलाई झुर पनि । बिग्रेका कुराहरुको पश्चत्तापले अब निल्ने गाँस पनि
तितो हुनेछ र २०७१ साल पनि खल्लो । राम्रा कुराहरू सम्झनु , लागु गर्नु र पुराना
कुरा बिर्सनुमा सबैको बेस होला, बेस होस। यस्तै सत्तरी साल अक्षरहरुको लागि मध्यम
रह्यो । लेख्नेहरुले चर्चा पनि पाए । मोफसलमा केहि नँया साहित्तिक संथाहरुको जन्म
भयो, खैर तिनले अब आउने बसन्तहरु कसरी बिताउने हुन त्यो हेर्ने बाँकि छ ।
कार्यक्रमको हकमा उस्तै कार्यक्रमले निरन्तरता पाए भने केहि उलेखनीय/ हुनैपर्ने कार्यक्रमहरु
आयोजना भएनन् , केहि नँया कार्यक्रम पनि भए । राष्ट्रिय मुक्त्तक प्रतिष्ठानको मूल
आयोजना र मुक्तक मंच पोखराको सहकार्यमा राष्ट्रिय मुक्तक गोष्ठी संम्पन्न भयो । जे
होस लेख्नेहरुले सुनाउने केहि अवसर पाए, नँया पढ्नेहरु पनि थपिए ।
साहित्तिक वृतमा बिबिध बहसहरु भइनै रहे । कसैले
अक्षरहरुको संगति र निर्माणको पद्दतिमै रटान लिए बिशेष कविता, गजल र मुक्तकको हकमा
। कसैले भाबको सम्प्रेसण र बिषय उठानमा महत्ता दिए ।तर जे गरे आफ्नै कुरा गरे
अरुको कुरा सुने नसुनेझैँ गरे । पहिला झैँ कति नँया आउनेहरु अन्योलमा परे, कतिले
एउटा पक्ष समाते र कति मझधारबाट आगाडी बढे । सबैभन्दा बढी गजल लेख्न खोज्नेहरु अनि
बल्ल अरु विधामा लेखनी चलाउन खोज्नेहरु भित्रिए भन्दा फरक नपर्ने देखियो ७० कोबर्षभरि
। अरु लेख्न खोज्नेहरु पनि उलेख्य भित्रिए लेखनको माहोलमा । लेखन र अध्ययन परिपुरक
कुरा हुन । दुवै बिना एक अर्काको सम्भब छैन । देशका विभिन्न ठाउँका पुस्तक
प्रदर्शनीले यो कुरामा बिशेष टेवा पुर्याए । आम सन्चार जगत र लेख्नेहरुले पनि
सामाजिक संजाललाई बहुतै प्रयोग गरे खासगरी फेसबुक र ट्वीटर, सूचना प्रवाह गर्न र
साना रचना पस्किन ।
मोफसल र राजधानी सबैतिरबाट केहि पुस्तकहरु
प्रकाशित पनि भए, चर्चा पनि भयो । पोखराबाट सरस्वती प्रतिक्षाको “बागी सारंगी”,
शरणआँसुको “असमय” कविता सङ्ग्रह चर्चामा रहे । देशभरि नै गजल सङ्ग्रह छापिए ।
शब्दघर प्रकाशनको बिसजना गजलकरको संयुक्त गजल संग्रह “ कैफियत” पनि चर्चामा रह्यो । त्यस्तै समर प्रकाशको
गजल सङ्ग्रह “पर्खाल” पनि बर्षको अन्त्य तिर छापियो र बिमोचन हुने तरखरमा छ । राजधानीबाट दुई युवा कवि
निरज भट्टराईको “धुँवाको धागो र राबतको
“राजधानी मास्तिरको राजधानी” कविता संग्रह प्रकाशित रहे । बर्षको अन्त्यमा रमेश
सायनको “भागेर भूगोलभरि ” को पनि बिमोचन भयो । यी केहि नामहरु मात्र हुन,
बर्षभरिनै साहित्यले नयाँ नयाँ कृतिहरु पाईरह्यो । मदन पुरस्कार राजन मुकारुङको
उपन्यास “दमिनी भिर”ले हुत्यायो ।
देशले केहि स्रस्टाहरु गुमायो पनि, पोखराले कबि तथा
गीतकार बिनोद गौचनलाई गुमाउनु पर्यो ।
मोफसलको पोखराको लागि पनि ७० साल उलेखनीयनै रह्यो
। गजल सन्ध्या पोखराको नियमित रचना बाचन, पोखरेली युवा सांस्कृतिक परिवारका समता
सृंखलाहरु, इन्सास पश्चिमान्चलको नियमित रचना वाचन, मुक्तक मन्च पोखराको नियमित
रचना बाचन जस्ता कार्यक्रमहरु भइनै रहे । र्यान्डम रिडर्स सोसाइटीले बिबिध कृति तथा
लेखनको चर्चा गरिनै रह्यो । केहि एकल वाचनहरु पनि सम्पन्न भए ।
अब यत्तिले चित्त बुझाएर पुग्दैन, पोखराको लेखनले
केहि नँया मागेको छ । साहित्तिक संथाले ति कुराहरुमा ध्यान दिन सकुन र २०७१ सालले
लेखनको वृतमा केहि नँया छोड्न सकोस सतत शुभकामना । इति श्री ।
------------------------------------------------------------------------------------------------------------------------------------------------------
हटलाईन राष्ट्रिय दैनिकबाट

No comments:
Post a Comment