बैकल्पिक उर्जाको सम्भावना
पहिचान र उपयोग
पर्खाल भित्रबाट
पथार्योदश प्रमिल
नेपाल अहिले दैनिक १४-१५
घन्टाको लोडसेडिङको मारमा छ र यो अवस्थाले अबको केहि समयसम्म निरन्तरता पाउने
पक्का छ । यदि यो अवस्थाले निरन्तरता पाइरहने हो भने देशको अधिकांश क्षेत्र यसको
प्रभाबमा कमजोर साबित हुनेछन किनकि उर्जा आफैमा बहु-अन्तरसम्बन्धित बिषय हो र अप्रतक्ष्य
रुपमा यसको देशको गरिबी, शिक्षा र रोजगारसँग सम्बन्ध छ । बिधुत उर्जाको एउटा सानो
पाटो हो भने, जलबिधुत बिधुतको एउटा सम्भावना मात्रै हो । विकास सँगसंगै विधुतीय समान
/ साधनको उत्पादन र प्रयोग बढ्दै गएपछि बिधुतिय उर्जाको ठुलो महत्व रहन गयो र
प्रविधिले अन्य उर्जाको स्रोतलाई पनि विधुतीय उर्जा स्रोतमा परिबर्तन गर्न थाल्यो ।
विधुतीय उर्जाको महत्व झन् त्यति बेलादेखि बढ्न थाल्यो जतिबेला युरोपियन, उत्तर
एसियाली र अमेरिकी देशहरुले औधोगिक क्रान्तिमा जोड दिन थाले । औधोगिक उत्पादन र निर्यातित
सामानको भ्यालूएसन देशको शक्त्ति मापनको मिटर स्केल बन्यो ।
अन्तरदेशीय
खुला बजारतन्त्रको नीतिको खुलेर प्रसंसा र वकालत हुन थालेपछि बहुसंख्यक देशहरुले
केहि सामानहरुमा बाहेक आयातित करको दायरालाई साँघुरो बनाइदिए । यो अवस्थाले
उत्पादन मैत्री नीति र अबधारणा अपनाएका राष्ट्रलाई ठुलो आर्थिक फाइदा भयो भने
नेपालजस्तो अनेकन राजनीतिक समस्याबाट गुज्रेका देश उनीहरुको व्यापारिक केन्द्र बने
। देशकै आन्तरिक समस्याका कारणहरुबाट कमजोर राष्ट्रमा जनसंख्याबृदि, भोकमरी र
गरिबी बढ्दै गयो अन्तत: अन्य राष्ट्रको उत्पादनमा निर्भर रहनुको विकल्प रहेन ।
देशले गृह उत्पादनमा जोड नदिएकै कारणबाट भएका उधोग धन्दा पनि बिस्तारै हराउदै गए किनभने
उनीहरुमा अन्तराष्ट्रिय उत्पादनसँग प्रतिस्प्रदा गर्ने क्षमतानै रहेन । नेपाल लगाएतका
तेस्रो मुलुकहरु विकासको यहि घडीमा कोहि उत्पादन नीतिमा पछी पछि परे भने कोहि
राजनीतिक संकटमा, यसले उत्पादनमा बैज्ञानिकरणको पनि खाडल बनाइदियो । तर यी यावत
समस्या सँगसंगै अर्को गहिरो र जटिल समस्याबाट यी रास्ट्रहरु गुज्रिए त्यो हो, उर्जाको
पहिचान, उत्पादन र प्रयोग ।
उत्पादन र उर्जाको
बृहत्तर अन्तरसम्बन्ध छ । औधोगिक उत्पादन गृहहरु कुनै न कुनै प्रकारको उर्जा
स्रोतमा निर्भर रहन्छन र तिनीहरुमा जलबिधुत, सौर्यउर्जा, बायोमास (जैविक शक्ति),
बायुउर्जा, जियोथर्मल उर्जा, जैविक बिधुत आदि पर्छन । यी मध्धे केहि स्रोतहरु नबिकरणिय
स्रोत हुन् भने कतिपय अनबिकरणिय उर्जाका स्रोत हुन । प्रयोग पछाडी अन्तत्वगत्वा अनबिकरणिय
उर्जा भण्डार रित्तिदै जाने भयमा नबिकरणिय उर्जा सम्बन्धि चासो बिश्वभरिनै फैलिन
थालेको हो । अहिलेको अवस्थामा हेर्ने हो भने विश्व लगभग ८०.६ प्रतिशत पेट्रोलियम (खनिज
) पदार्थ, १६.७ प्रतिशत नबिकरणिय स्रोतमा र २.७ प्रतिशत न्युकिलियर शक्तिमा निर्भर
छ । नबिकरणिय स्रोत मध्धेमा पनि जैविक उर्जामा ११.४४ प्रतिशत जति र जलबिधुतमा ३.३४
प्रतिशत बाहेक बाँकीको उपभोग उल्लेखनिय छैन ।
माथिको तथ्यांकले उर्जा
संकटको कुरालाई स्पस्ट देखाउदैन मात्रै, नेपाल जस्ता विकासउन्मुख देशले भोग्नु
पर्न सक्ने बिकराल आर्थिक अवस्थालाई पनि दर्साउछ । यस्तो अवस्थामा देशले जतिसक्दो
छिटो नबिकरणिय उर्जा उत्पादनमा जोड दिनु आवश्यक छ र त्यसभन्दा पहिले यसको पहिचानमा
अर्थात समस्या कँहानिर छ भने यी सबैको मैत्रीपूर्ण उत्पादन सम्भब छैन । नेपाल
यस्ता धेरै स्रोतहरुको सम्भावना भएको राष्ट्र हो । धेरै पहिलेको सर्वेक्षण अनुसार
नेपालमा सैदान्तिक रुपमा ८३००० मेगावाट र बास्तवमा ४३००० मेगावाट जलबिधुत उत्पादन
हुनसक्छ । यो अहिलेको बिधुत उर्जाको मागभन्दा धेरै माथिको तथ्यांक हो, यसको केहि
हिस्सा मात्रै पनि जलबिधुत उत्पादन गर्ने हो भने नेपालमा आर्थिक रुपमा ठुलै फड्को मार्न
सकिन्छ ।
नेपालको तथ्यांकलाई
हेर्ने हो भने घरभित्र उर्जाको सबैभन्दा बढी उपयोग हुन्छ । बसोबास क्षेत्रमा
मात्रै उर्जाको झन्डै ९० प्रतिशत उपयोग हुन्छ । यस्तै कलकारखानामा र यातायातमा क्रमशः
झन्डै ५ र ४ प्रतिशत उर्जाको प्रयोग हुन्छ । यसमा पनि उर्जाको ७५ प्रतिशत भन्दा बढीको
स्रोत खाना पकाउन प्रयोग गरिने दाउरा हो । यो तथ्यांक आफैले के बोल्छ भने घरभित्र
प्रयोग हुने उर्जाको बैकल्पिक स्रोत खोज्न सकेको खण्डमा उत्पादित ठुला आयोजनाको जलबिधुत
औधोगिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ । यो गरिवीसँग पनि उत्तिकै गाँसिएको बिषय हो,
दुर दराजका गाउँबस्तीमा जँहा बिरामी हुँदा (नहुँदापनि) पानी तताएर खाने दाउरा हुदैन, त्यंहा त्यंहाकै
श्रोतहरु बाट उर्जाको उत्पादन गर्न पनि सकिन्छ । देशले अब उर्जा उत्पादन सम्बन्धि
यस्तै साना तर महत्वपूर्ण कुरामा ध्यान दिनुपर्ने हो कि ? यसले तत्तत क्षेत्रको आर्थिक
र सामाजिक जीवन स्तरमा मात्र परिवर्तन
ल्याउदैन, सूचना प्रविधिको पहुँच पनि पुर्याउछ ।
उर्जाको प्रयोग जलबायु
परिवर्तन सँग पनि उत्तिकै गासिएको छ । उर्जाका स्रोतको प्रयोगमा निस्कने विभिन्न
ग्याँसहरु विश्व तापमानबृदीका मुख्य कारकहरु हुन । यहि कुरालाई मनन गर्दै जापानको
क्योटो शहरमा सम्पन्न जलबायु सम्बन्धि सम्मेलनले कार्बनडाइअक्साइड उत्पादन
घटाएबापत ठुला शक्ति राष्ट्रलाई एउटा फरक खाले मान्यताको कुरा गरेको छ जसले नेपाल
जस्ता देश र बिकशित देशको दुईपक्षिय लगानीको कुरा गर्छ । क्लिन डेपलपमण्ड मेकानिज्म
नाम दिइएको उक्त योजनाले बिकसित राष्ट्रले विकासउन्मुख देशमा नबिकरणिय उर्जाको
स्रोत स्थापना गरि कार्बनडाइअक्साइड उत्पादन घटाए बापतको प्रमाणपत्र प्राप्त गर्छ ।
यसो गर्दा विकास विकासउन्मुख देशमा हुन्छ भने प्रमाणपत्र लगानीकर्ता देशले प्राप्त
गर्छ । यस्ता योजनाहरुमा माइक्रोहाईड्रो , गोबरग्याँस, सौर्यउर्जा, बायुउर्जा आदि पर्छन
। यस प्रकारका धेरै योजनाहरु नेपालमा भित्राउन सकिन्छ जसले देशको चौतर्फी बिकासमा
ठुलो सहयोग पुर्याउने छन । इति श्री ।

No comments:
Post a Comment