पर्खालभित्रबाट
सिर्जना र सृजनाकरको खोजि गर्दागर्दै ममा पिपलबोटको छाप गहिरोसँग
परिसकेछ, नेपाली लेखनको कालखण्डमा बलियो उपस्थिति जनाएका भूपी शेरचन, शंकर
लामिछानेको नाम सम्झने बित्तिकै मगजको कोस्टकमा पीपलबोट भन्ने शब्द स्वत: आइहाल्छ
। सुनेको मात्र “ पीपलबोट मेहफिल ” ले त यस्तो तरङ्ग उमारिदिन्छ
भने त्यसका भोगीहरुको अनुभब कस्तो होला ?
![]() |
| Patharyodash Pramil |
सब कुरा समयको हो, समयले मलाई मोफसलसँग बढी परिचित गराएको छ ।
राजधानीको स्कर्ट भन्दा मोफसलको धोति लामो छ । जत्रै भएपनि मोफसलले भोग्ने भोगाईको
दर्द समान र उस्तै छ । मैले आफ्नै आँखाले देखेको सत्य हो यो । राजधानीमा पनि
सुर्ताको खाडल होला , धोति भन्दा स्कर्ट महँगो छ , धोति लगाउनेहरुलाई कसैले गन्दैनन
।
यो आजको कुरो हो ,
आजको ग्ल्यामर । राजधानी एकै ठाउँ बिरलै भेट हुन्छ । भेट भैहाले पनि एकले अर्कोलाई
नदेखेझैँ आँखा छलेर हिड्छ । विभाजनका रेखाहरु फरक फरक छन, कोहि लेखनी धारले
अलग्गिएका छन , कोहि पुस्तेनी दुरीले टाढिएका छन। खैर राजधानी टुक्रिएको छ । हिजो समय
सायद यस्तै थिएन, सबैजना प्राय: भेट हुन्थे सुन्दै पनि तरङ्ग छोड्ने “ पिपलबोट ” ।
कोहि कोहि अलिक
भद्दा अनुभब गर्दा हुन न्युरोडको नेवारी “येला” र हाम्रा सर्जकहरुको “लोकल” सँग । सृजनाकै इतिहाससँग समकक्षि उभिएको छ “मदिरा”
। हरिभक्त र मनु सम्झनेले मदिरा बिर्सिन्न । भूपिले त कविता भरिनै छारिदिएका दिएका
छन । नपिउनेले असहज अनुभूत नगरुन तर यो सत्य हो ।
त्यसो त सृजनाकरसँग उसको कृतिभित्र सात्क्षत्कार गर्दा भूगोलको
परिमितिमा नअल्झेर भावनाको बायुपंखी विमानमा कावा खान हराइन्छ तैपनि उसको सिर्जना
उ बाँचेको भूगोल र समयले कंहि न कंहि बाट खासखास ठाउँमा नियन्त्रित भएको हुन्छ ।
त्यै भएर हुनसक्छ प्राय: स्रस्टाहरु नियमित रुपमा जम्मा हुने र अनुभब साटासाट
गर्ने बैचारिक चौतारीको पक्षमा भेटिन्छन । सामान्यतया जस्तै छलफलबाट निस्कने निष्कर्षको
रसोस्वादन केहि सर्जकहरुले गर्छन र लेखनीको शसक्त प्रयोगमा फड्को मार्छन । समयका बलिया
हस्ताक्षर प्राय: यस्तै सगोलबाट निस्किएका छन ।
मैले बुझेको कुरा , धारले सिर्जना फरक हुनुपर्छ , नत्र पाठक मोनोटोनस
अनुभब गर्छ तर सर्जक होइन । सर्जकहरु सिर्जना धरातल भन्दा धेरै माथिबाट नजिक हुन्छन। सृजनाको
गेम अनबिटएबल हो, कोहि सानो ठुलो हुदैन ।
मोफसलमा राजधानीको प्रभाब छ, केहि पुरानो , केहि नयाँ । मौलिकता नभएको
हैन छ, नहराओस फेरी मोफसल मोफसल रहदैन । सबै कुरामा झैँ राजधानी आफुलाई सशक्त
ठान्छ लेखनमा पनि तर यसले केहि गुमाएको छ , जुन राजधानी बाहिर भेटिन्छ चिया पसलमा ,
सानासाना कार्यक्रम हरुमा र कहिलेकाँही “लोकल पार्टीमा” । अलिअलि भएपनि आत्मियता
बचेको छ, त्यहि गोरेटो बाटोबाट सिर्जना मझेरी
पुगिन्छ ।
देश राजधानी भित्रबाहिर दुवै तिर फोहरी हुँदै गैरहेछ, कहिले चौपट्ट
फोहरी अमिलो गनाउछ । साहित्य पनि अछुतो बसिदिएन , कहिले काँही राजनीतिको तुवाँलोमा
यो पनि हराउन थाले जस्तो लाग्छ । स्रस्टा सामाजिक हो , उसमा यसको प्रभाब पर्नु
स्वभावत: होला तर उसको कृतिमा यसको प्रभाब पर्नु हुदैनथ्यो तर परेको कुरा कटु सत्य
हो । साहित्तिक संथामा पोलिटिकल वृक्षारोपण हुन्छ, सुन्दै घिनलाग्दो लाजमर्दो । कतिपयले
यस्तै पगरी गुथेर, साहित्यको मानमर्दन गरेका छन । भेटिन्छन टिकौली अनुहारहरु मोफसल
मोफसलइतरमा जताततै, मैले पनि देखेको छु ।
दूरी जहाँपनि छ, फरक ठुलो र सानोको हो । शंका छैन , बनिसकेको घरबाट
बन्दै गरेको घर होचो देखिन्छ । “प्यारेन्टसिप” र “कोर्टसिप” भएन भने दुधे बालक हुर्कदैन,
हुर्काउने कर्तब्यबोध आफै हुने हो । धेरै स्थापित लेखकमा यो बोध छैन , सबैमा हैन ।
समपुस्तिहरुको लहडमा लेखकीय स्वभाब अडेको छ । पुस्तौली स्थान्तरणबारे पुरानो पुस्ता
र नयाँ पुस्ता दुवै बेखबर बसेर कँहा पुगिने होला ?
खुट्टा तान्ने र बन्देजको रणनीति गर्ने डरपोकहरुलेनै हो ,अरुलाई
आबश्यकनै छैन । आउने बाटो बारे सोच्नु पर्नेमा पछाडी आउनेहरुको गतिमा अल्झिनछन कति
। भेटेको छु राजधानीको टुक्रा भेटमा र मोफसलमा प्राय: ।
मेहफिलमा दुवै कुरा भेटिन्छन गुण र दुर्गुण । लेख्नेहरुको भाषामा
कहिलेकाँही यो जम्छ, मज्जाले जम्छ धेरै कुरा बिर्सिदिएर । लेख्नेहरु प्राय
बिर्सन्नन सस्तो भएर पनि भिड नलाग्ने चिया पसल शहरको कुन कुनामा छ । लेखक कहिल्यै
सेलिब्रेटी हुदैन मात्र उसको कथानक सेलेब्रेसन हुन्छ । प्राय: चियाले खिया लागेका दाँत
वा सोमरसले निलोतुथो परेका ओठमा भेटिन्छ शहरको नामुद लेखक ।
मोफसलको एउटा सदस्य हो पोखरा । यंहा पनि चल्छ मेहफिल लहर । निरपेक्ष
हुँदा शहर आफै मेहफिल हो, तर टुक्रा
मेहफिल झन धेरै चल्छ । पोखराको मेहफिलमा
पनि उस्तै रोमान्चकता छ र रहिराखोस पछिसम्म ।
पोखरामा साहित्यलाई मायागर्नेहरू शनिबार झन धेरै ब्यस्त हुन्छन ।
सरकारी भएरै होला, पोखरा नदीपुरमा अलग्गै चिनिने भवन / स्कूल छ बालमन्दिर । भेट
हुन्छ तन्नेरी मन सँग, कमै भेट हुन्छन अहमबादी, ब्यस्त र बरिष्ठ भनाउदाहरु ।
पोखरा सानो छ, लेख्नेहरु सीमित छन र अनुयायीहरु पनि कम छन तर यसको अर्थ पोखरा कमजोर छ, हैन । एकजुट भएर लेख्नेहरुले पोखरालाई हिजो पनि जोगाएका थिए आज पनि जोगाईरहेछन । यो परम्परा रहिराखोस सदियौ सम्म, मेहफिल र मोफसल । इति श्री ।


No comments:
Post a Comment