SUMIT'S BLOG: LCD interfacing in 4 bit mode using AT89s52: Today I am going to make you learn to interface LCD(based on HD44780 LCD controller) in four bit mode using AT89s52 MCU. First, I will...
Wednesday, 31 July 2013
सुमन लम्साल : मात्र तीन शेर:
सुमन लम्साल : मात्र तीन शेर:: खोजि हिँडे कहाँ छु म कुनको आँखामा ।। रैनरैछु आज आफ्नै जूनको आँखामा ।। कुनै बेला यस्तो बिज्ञापन गरेको थेँ, म हराए खोज्न जानु उ...
Tuesday, 23 July 2013
BIKAL ADHIKARI'S BLOG: Traffic light project in 8051 C programming
BIKAL ADHIKARI'S BLOG: Traffic light project in 8051 C programming: #include<reg51.h> sbit R1=P1^0; sbit Y1=P1^1; sbit G1=P1^2; sbit R2=P1^3; sbit Y2=P1^4; sbit G2=P1^5; sbit R3=P2^0; sbit Y3=P2^1; sbi...
Friday, 19 July 2013
गजल
जसको भाग्य भगवान पुरापुर बनाउछ ।
समयले उसैलाई मजदूर बनाउछ ।
ऊ नोकर न हो,सानो गल्तीले पनि
मालिकलाई रिसले चुर बनाउछ ।
प्रमाणपत्रले कसै खान नदिए पछि
वेरोजगार विदेशिने सुर बनाउछ ।
हिजोआज त्यो पसलमा
धेरै भिड लाग्छ,
जवानीले प्याजलाई कपुर बनाउछ ।
मन्दिर ठड्याउछ,मुर्ती राख्छ मान्छे
अनि रगत पोतेर गजुर बनाउछ ।
कसैले सक्दैन पथ्थरलाई पगाल्न
मदिराले नौनी जरुर
बनाउ“छ ।
मुक्त्तक
न देश सिकाइन्छ न देशको
आभिभारा सिकाइन्छ
न चाँदनी सिकाइन्छ हजुर न दोधारा सिकाइन्छ
ए बाबा अब यो देशको
विकास कसरी सम्भब छ
बाबुनानीहरुलाई कखरा
लगत्तै नारा सिकाइन्छ ।
Thursday, 18 July 2013
गजल
अरे मेरो यँहा यस्तो पहिचान छ ।
अनुहारमा मुस्कान छातीमा तुफान छ ।
उस्को बानी पटक्कै सुध्रिदै सुध्रिएन
जस्तो कुकुरको पुच्छरको उखान छ ।
सरकार तिनको आसुँ कसरी पुछ्छस?
आफन्तको न मुर्दा छ न चिहान छ ।
तिमीनै भनन निन्द्रा पर्छ कि पर्दैन
लोग्नेको तस्बिरमा बिधवाको सिरान छ।
जती घमन्ड गरेनी मेरो दिल जलेको
उप्चार नगर्ने,अपुरो त त्यो बिज्ञान छ।
Sunday, 14 July 2013
SUMIT'S BLOG: HM-TR interfacing with AT89s52
SUMIT'S BLOG: HM-TR interfacing with AT89s52: HM-TR 434 is a wireless radio frequency module with default configuration(9600,8,N,1). In this post i am going to give a tutorial on inte...
Friday, 12 July 2013
गजल
तेरो सम्झना मात्र घरीघरी घर आउछ ।
परदेशी छोरालाई आमाको उत्तर आउछ ।
कस्ता होलान बिधवाका रातहरु,जस्लाई
सुहागरात र लोग्नेको याद परस्पर आउछ ।
शिशिरमा जस्तै नांगिएपनी, उजाडीएपनी
बसन्तमा उस्तै मौसम र ययावर आउछ ।
अरे,म कसरी प्रणय गजल लेँखु प्रियसी
खाली देश र देशको अवस्था नजर आउछ ।
सबै प्रमाणपत्रहरु आगो लगाइदिउ र ताँपौ
मनमा कहिलेकाही यस्तो पनि रहर आउछ ।
कसैले यो त बताइदेउ,यी मान्छेहरुको
कहिले सिङ पलाउछ,अनी पुच्छर आउछ ।
गजल
बादलले सधैं यादहरु बोकेर ल्याउछ।
अनी किन मै माथि आएर बर्षाउछ।
अरे तिमीले मुरली जसरी फुक्नेछौ
त्यसबाट आवाज त्यसरिनै आउछ ।
न नुनिलो हुन्छ न अमिलो हुन्छ,तै
तिम्रो वचनले घाउ किन चहराउछ?
आँसु भरिएका झुपडीका खोपाहरुमा
उल्टै सरकार छापा मारेर सताउछ।
ऊ जाने बेला मलाई यै भनेर गई
ज्ञात होस् बनको चरी बनमै रमाउछ।
उ यसरी लोभियो,कुरेर बस एकदिन
पक्कै पनि खाममा मुटु राखेर पठाउछ।
भट्टि बन्द भएपछी,अब उ आफ्नो
दिल कसरी टाल्छ कसरी सिलाउछ।
कबि फूल र भट्टी
इतिहास ,आँसु
र
दरिद्रता कटकटीएको
दुब्लो मैलो
शहरभन्दा टाढा
छाउपडित भट्टीमा
क्षयरोगी टिनको खोपाबाट
माटोको घैलामा
फर्मेंन्टेड अल्कोहल खन्याएर
कबि पोखिन्छ प्यालाभरि
र पोत्छ आफ्नै जिन्दगीको पोर्टेड
पीडाले सिरोसिस कलेजो
बेदनाले पत्थर परेको मृगौला
संवेगको इथानोल बगेका नसाहरु
निराशाको धुँवाले जाली बनेको फोक्सो
सान्तवनाको आयोडेक्सले मृत पयर
र
येनेस्थेटेड रहरहरुको
सुमेरु पर्बत ।
अँह उ बिर्सिन्न बनाउन
आँसुले रंग उडेको आँचलको फेरो
प्रियसीको लत्पतिएको गाजल
तापले पग्लेको नौनी अनुहार
उष्ण कुवा परेका खडेरी नयन
भारले बाँगीएका खुट्टाहरु
रहरले जन्माएको सन्तान
र काँडा बिझेका
उसका मैन पैतालाहरु
कुइरो लागेका स्फटिक नानीहरु
आशाहरु बिछ्याईएका
सपनाका हिउँ तन्नाहरु
र
अन्त्यमा मिसाउछ अलिकति
आफ्नो बैंसको अत्तरी प्रेम
जुनेली रात भुलेको न्यानो आलिंगन
हिनहिनाउदै मेटेको प्यास ।
अब
गोधुली छिप्पिएर रात बनेपछि
परिवर्तनको तुइन चढेर
हिलो माटो फूल बनेझै
प्रोटेट बद्लिन्छ
बयस्क कवितामा
र रेखी बस्छन विचारहरुका
अनि कबि निस्कन्छ भट्टीबाट
चिर्दै कालरात्रि
बिरोधको चिराक बोकेर
मानौ, क्रान्तिको कोपिला
भर्खर फक्रेको छ ।
Subscribe to:
Comments (Atom)
-
बैकल्पिक उर्जाको सम्भावना पहिचान र उपयोग पर्खाल भित्रबाट पथार्योदश प्रमिल नेपाल अहिले दैनिक १४-१५ घन्टाको लोडसेडिङको मारमा छ र ...
-
आफु अध्यन गरिरहेको क्याम्पसमा अझै पनि गजल र गजल प्रतिको विकृत धारणाले पुरै परिवर्तन नपाएको अबस्था देखेर हैरानी महसुस गरिरहेछु यतिखेर । स...
