Tuesday, 29 April 2014

भित्तामा टाँगिएको निरिह सिर्जना चेतना

आदिम मानवीय भूगोलबाट मान्छे जसरी आजको रंगिन सपनाहरुले घेरिएको युगमा अवतरित भएको छ त्यो सब कलात्मकताको उपज सिवाय अर्को के हुन सक्छ र ? कलात्मकता जुन जीवनको फरक शैलीको पर्यावाची हो , ठिक जीवन जस्तै अक्षरहरुको बक्ररेखामा कैद गर्न नसकिने । अर्थात निरपेक्ष आँखाबाट भोगाईको प्रारूप र त्यसमाथि मान्छेले देखाएको प्रतिक्रिया दुबै कलात्मकता हो । हो त्यहि भएर कलात्मकता स्वाधीन र स्वछन्द छ, कुनै पनि दुस्साहसले कैद गर्न नसकिने । यो एउटा एब्सट्राक्ट बिल्कुल एब्सट्राक्ट कुरा हो । मैले यंहानिर बताउन खोजेको कुरा के हो भने हामीहरुले देखेका सबै जीवनहरु कलात्मकताका उप-समूहहरु मात्र हुन ।
मान्छेको जुन कल्पनाक्षमताले आजको भोगाइको अवस्था सिर्जित भएको छ , स्वयम् मान्छेको लागि त्यो आश्चर्यजनक र अप्रत्यारिलो हो । मान्छे बिबेकले अरु प्राणी भन्दा फरक भएको होला तर निसन्देह: उ कल्पनाशिलातालेनै अग्रगामी भएको हो । ग्रिक सभ्यताको विकासक्रममा प्रतेक क्रियाकलापलाई कि सहि र कि गलत भनेर छुट्याउन सकिन्छ भन्ने दार्सनिक चिन्तन पनि सुरु भएको थियो, त्यो केवल बिबेक थियो । तर बिबेकको तिन अक्षरमा जंगली सभ्यतामा भएको आगोको उत्पत्ति अट्दैन । र अट्दैनन थोमस एल्वा एडिसन,न्युटन, आइन्स्टाइन र मार्कोनिका आविष्कारहरु । यी सबै उपलब्दिहरु मानवको बिशिष्ट अन्तरनिहित क्षमताले मात्र सम्भब भएका हुन, हो  त्यो क्षमतानै कलात्मकता हो ।
अब सायद पुष्टि हुनसक्छ लेखनको जग पनि त्यहि कल्पनाशीलता हो । लेखन र लेखकीय चेतना पनि मानवीय बिकासको सुचाकांक हो । यस अर्थमा लेखनको सभ्यता र विकाससँग अन्तरंग सम्बन्ध छ, अटुट, गहिरो र घनिभूत । लेखकहरुले बाटो देखाए परिवर्तनको र त्यहि बाटोबाट मान्छे यंहा सम्म आइपुग्यो । बिस्तारै दार्शनिक चेतना र परिकल्पनाको कोरिडर चौडा हुँदै गयो अन्तत: एब्सट्राक्ट लेखन देखिने बिकासको स्वरूपमा देखा पर्यो । साहित्य, संगीत र कलाका अनेक रुपहरु देखापर्न थाले , अब कल्पनाशिल्प चौडा मात्र रहेन उँचो पनि भयो । र दिनानुदिन यो क्षितिज बढ्दो छ, किनकि यो बिशिष्ट क्षमता मोह जन्मजात गुण हो । लेखनको इतिहासमा विलियम वोर्ट्सवोर्थ, सेक्सपियर, हेलन केलर ,लुसुन, गेटे, दाँते धेरै जनाको अभ्युदय पनि भयो । नेपाली साहित्यले पनि देवकोटा, सम, शंकर लामिछाने जस्ता लेखकहरु भेट्टायो । समाजसंगको अन्तरसम्बन्धले पनि हुन सक्छ, यो कुरामा धेरै जना जानकार पनि भए । अब लेखकहरुको अगाडी प्रश्न पहिचानको होइन, जीवन यापनको बन्यो ।
उ सँग मेरो भेट भएको धेरै भएको छैन, लगभग एक हप्ता जति अघि हुँदो हो । ऊ अर्थात एक साहित्य प्रेमी नारी युवा । कफी गफमा उसले एक्कासी भनि “ लेख्नेहरुको कुनै भाबिश्यनै छैन, सायद म अध्यनको लागि बाहिर जान्छु होला ” । उसले थपी “ प्रशंसा केवल लेखकको आगाडी मात्र गरिन्छ, पछाडी धेरै प्रश्नहरु तेर्स्याइन्छ । उसलाई  जागिर र जाउलोको समस्या पनि छ ” । यो उसले मात्र देखेको नेपाली समाज हैन , लगभग हामी सबैले देखेको हो ।


देश आफनै अनेकन समस्याहरुमा हरायो । बिकासका अन्य पक्ष सँगसंगै साहित्य र सिर्जनाको पनि उत्तिकै उत्खनन हुनुपर्थ्यो । तर त्यसो हुन सकेन । नेपालमा शिक्षा प्रणालीको विकास सँगसँगै साहित्यको अध्यापन पनि सुरु गरियो । खासगरि महाकवि देवकोटा शिक्षामन्त्रि भएको बेला बनाइएको माध्यमिक तहको अनिवार्य नेपालीले माध्यमिक तहका बिद्यार्थीहरुलाई यससंग परिचित गरिदियो । साहित्यलाई अन्य राष्ट्रमाझैँ सामाजिक बिज्ञान अन्तर्गत राखेर अध्ययन अध्यापन शुरु गरियो, यसरी नेपालमा साहित्य र सिर्जना चेतको प्रारम्भ भयो । आज लेखन यहि बिशिस्टतता मा बाँचेको छ । तर, साहित्यले जसरी सुन्दर सुरुवाती वकालत पाएको थियो बिस्तारै त्यो हराउदै गयो ।
आज लेखनलाई माया गर्ने र अध्ययन गर्नेहरु धेरै छन । सायद धेरै जनाले बुझिसकेका छन लेखको सुरुवातमै लेखेका कुराहरु । धेरै विकास र परिवर्तन साहित्यको विकास सँगसंगै भएका हुन त्यसैले साहित्यको सम्रक्षण र सम्बर्दन आवश्यक छ तर के यो कुरा कागजमा मात्र सीमित गरेर हुन्छ त ? यो युगको घडीमा आएर धेरै राष्ट्रहरुले बुझिसकेका छन स्रस्टालाई सम्मानको खाँचो छ र त्यसै प्रकारको ब्यवस्थापन पनि । यो साहित्यप्रतिको गहिरो बुझाई र सम्मान हो ।
आज नेपालले लेखनको यत्रो लामो दूरी पार गरि सक्दा पनि, लेखेरै गुजारा चलाउनेहरु कति छन् ? यो सुन्दा हल्का लागेपनि गहिरो प्रश्न हो ? लेखनको गहिराईको आधारमा सम्मानको मिटर स्केल बनाउनु पर्ने हो र सम्मान सिर्जनाको हुनुपर्ने हो । सिर्जनाशक्ति पनि एउटा सिकाई हो, जुन केवल कठोर मिहेनतले मात्र प्राप्त गर्न सकिन्छ । अब सिर्जनाकारको उक्त मिहेनतको कदर गर्नु पर्छ कि पर्दैन ? र सिर्जनाको कुरा गरिरहँदा यसको आकार बिशाल र फराकिलो छ । सिर्जना बहुआयामिक हो , संगीत र कला पनि यसकै अन्य स्वरूपहरु हुन ।
देश बिकासको लागि आर्थिक क्षेत्रको बढोत्तर प्रगतिमा लागिरंहदा, विकासकै पाटो कलात्मकतालाई बिर्सिनु हुदैनथ्यो । अति आर्थिक मोहले, सबैमा हुने सिर्जना मोह निस्पृह हुन पुगेको छ । दिनदिनै मटेरीयास्टिक हुँदै गैरहेको मान्छेको सोचले, उर्जाशील चिन्तनको सुन्दर चित्र उसको मगजबाट विस्तापित भएर गएको छ । मान्छेको जन्मजात सिर्जनाप्रेमी गुणलाई मान्छेबाट विभाजित गर्न त मिल्दैन तर यो कतै बाहिर सुरक्षित राखेको अनुभूति हुन्छ अर्थात नेपालीहरुमा रोपिएको सिर्जना चेतना सुरक्षित त छ तर यो कोठालाई सुन्दरबनाउन भित्तामा टाँगिएको सुन्दर चित्र जस्तै प्रतित हुन्छ । इति श्री ।      

Tuesday, 22 April 2014

बैकल्पिक उर्जाको सम्भावना पहिचान र उपयोग

 बैकल्पिक उर्जाको सम्भावना पहिचान र उपयोग

पर्खाल भित्रबाट
पथार्योदश प्रमिल

नेपाल अहिले दैनिक १४-१५ घन्टाको लोडसेडिङको मारमा छ र यो अवस्थाले अबको केहि समयसम्म निरन्तरता पाउने पक्का छ । यदि यो अवस्थाले निरन्तरता पाइरहने हो भने देशको अधिकांश क्षेत्र यसको प्रभाबमा कमजोर साबित हुनेछन किनकि उर्जा आफैमा बहु-अन्तरसम्बन्धित बिषय हो र अप्रतक्ष्य रुपमा यसको देशको गरिबी, शिक्षा र रोजगारसँग सम्बन्ध छ । बिधुत उर्जाको एउटा सानो पाटो हो भने, जलबिधुत बिधुतको एउटा सम्भावना मात्रै हो । विकास सँगसंगै विधुतीय समान / साधनको उत्पादन र प्रयोग बढ्दै गएपछि बिधुतिय उर्जाको ठुलो महत्व रहन गयो र प्रविधिले अन्य उर्जाको स्रोतलाई पनि विधुतीय उर्जा स्रोतमा परिबर्तन गर्न थाल्यो । विधुतीय उर्जाको महत्व झन् त्यति बेलादेखि बढ्न थाल्यो जतिबेला युरोपियन, उत्तर एसियाली र अमेरिकी देशहरुले औधोगिक क्रान्तिमा जोड दिन थाले । औधोगिक उत्पादन र निर्यातित सामानको भ्यालूएसन देशको शक्त्ति मापनको मिटर स्केल बन्यो ।

 अन्तरदेशीय खुला बजारतन्त्रको नीतिको खुलेर प्रसंसा र वकालत हुन थालेपछि बहुसंख्यक देशहरुले केहि सामानहरुमा बाहेक आयातित करको दायरालाई साँघुरो बनाइदिए । यो अवस्थाले उत्पादन मैत्री नीति र अबधारणा अपनाएका राष्ट्रलाई ठुलो आर्थिक फाइदा भयो भने नेपालजस्तो अनेकन राजनीतिक समस्याबाट गुज्रेका देश उनीहरुको व्यापारिक केन्द्र बने । देशकै आन्तरिक समस्याका कारणहरुबाट कमजोर राष्ट्रमा जनसंख्याबृदि, भोकमरी र गरिबी बढ्दै गयो अन्तत: अन्य राष्ट्रको उत्पादनमा निर्भर रहनुको विकल्प रहेन । देशले गृह उत्पादनमा जोड नदिएकै कारणबाट भएका उधोग धन्दा पनि बिस्तारै हराउदै गए किनभने उनीहरुमा अन्तराष्ट्रिय उत्पादनसँग प्रतिस्प्रदा गर्ने क्षमतानै रहेन । नेपाल लगाएतका तेस्रो मुलुकहरु विकासको यहि घडीमा कोहि उत्पादन नीतिमा पछी पछि परे भने कोहि राजनीतिक संकटमा, यसले उत्पादनमा बैज्ञानिकरणको पनि खाडल बनाइदियो । तर यी यावत समस्या सँगसंगै अर्को गहिरो र जटिल समस्याबाट यी रास्ट्रहरु गुज्रिए त्यो हो, उर्जाको पहिचान, उत्पादन र प्रयोग  ।
उत्पादन र उर्जाको बृहत्तर अन्तरसम्बन्ध छ । औधोगिक उत्पादन गृहहरु कुनै न कुनै प्रकारको उर्जा स्रोतमा निर्भर रहन्छन र तिनीहरुमा जलबिधुत, सौर्यउर्जा, बायोमास (जैविक शक्ति), बायुउर्जा, जियोथर्मल उर्जा, जैविक बिधुत आदि पर्छन । यी मध्धे केहि स्रोतहरु नबिकरणिय स्रोत हुन् भने कतिपय अनबिकरणिय उर्जाका स्रोत हुन । प्रयोग पछाडी अन्तत्वगत्वा अनबिकरणिय उर्जा भण्डार रित्तिदै जाने भयमा नबिकरणिय उर्जा सम्बन्धि चासो बिश्वभरिनै फैलिन थालेको हो । अहिलेको अवस्थामा हेर्ने हो भने विश्व लगभग ८०.६ प्रतिशत पेट्रोलियम (खनिज ) पदार्थ, १६.७ प्रतिशत नबिकरणिय स्रोतमा र २.७ प्रतिशत न्युकिलियर शक्तिमा निर्भर छ । नबिकरणिय स्रोत मध्धेमा पनि जैविक उर्जामा ११.४४ प्रतिशत जति र जलबिधुतमा ३.३४ प्रतिशत बाहेक बाँकीको उपभोग उल्लेखनिय छैन ।
माथिको तथ्यांकले उर्जा संकटको कुरालाई स्पस्ट देखाउदैन मात्रै, नेपाल जस्ता विकासउन्मुख देशले भोग्नु पर्न सक्ने बिकराल आर्थिक अवस्थालाई पनि दर्साउछ । यस्तो अवस्थामा देशले जतिसक्दो छिटो नबिकरणिय उर्जा उत्पादनमा जोड दिनु आवश्यक छ र त्यसभन्दा पहिले यसको पहिचानमा अर्थात समस्या कँहानिर छ भने यी सबैको मैत्रीपूर्ण उत्पादन सम्भब छैन । नेपाल यस्ता धेरै स्रोतहरुको सम्भावना भएको राष्ट्र हो । धेरै पहिलेको सर्वेक्षण अनुसार नेपालमा सैदान्तिक रुपमा ८३००० मेगावाट र बास्तवमा ४३००० मेगावाट जलबिधुत उत्पादन हुनसक्छ । यो अहिलेको बिधुत उर्जाको मागभन्दा धेरै माथिको तथ्यांक हो, यसको केहि हिस्सा मात्रै पनि जलबिधुत उत्पादन गर्ने हो भने नेपालमा आर्थिक रुपमा ठुलै फड्को मार्न सकिन्छ ।
नेपालको तथ्यांकलाई हेर्ने हो भने घरभित्र उर्जाको सबैभन्दा बढी उपयोग हुन्छ । बसोबास क्षेत्रमा मात्रै उर्जाको झन्डै ९० प्रतिशत उपयोग हुन्छ । यस्तै कलकारखानामा र यातायातमा क्रमशः झन्डै ५ र ४ प्रतिशत उर्जाको प्रयोग हुन्छ । यसमा पनि उर्जाको ७५ प्रतिशत भन्दा बढीको स्रोत खाना पकाउन प्रयोग गरिने दाउरा हो । यो तथ्यांक आफैले के बोल्छ भने घरभित्र प्रयोग हुने उर्जाको बैकल्पिक स्रोत खोज्न सकेको खण्डमा उत्पादित ठुला आयोजनाको जलबिधुत औधोगिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ । यो गरिवीसँग पनि उत्तिकै गाँसिएको बिषय हो, दुर दराजका गाउँबस्तीमा जँहा बिरामी हुँदा (नहुँदापनि)  पानी तताएर खाने दाउरा हुदैन, त्यंहा त्यंहाकै श्रोतहरु बाट उर्जाको उत्पादन गर्न पनि सकिन्छ । देशले अब उर्जा उत्पादन सम्बन्धि यस्तै साना तर महत्वपूर्ण कुरामा ध्यान दिनुपर्ने हो कि ? यसले तत्तत क्षेत्रको आर्थिक र सामाजिक जीवन स्तरमा  मात्र परिवर्तन ल्याउदैन, सूचना प्रविधिको पहुँच पनि पुर्याउछ ।
उर्जाको प्रयोग जलबायु परिवर्तन सँग पनि उत्तिकै गासिएको छ । उर्जाका स्रोतको प्रयोगमा निस्कने विभिन्न ग्याँसहरु विश्व तापमानबृदीका मुख्य कारकहरु हुन । यहि कुरालाई मनन गर्दै जापानको क्योटो शहरमा सम्पन्न जलबायु सम्बन्धि सम्मेलनले कार्बनडाइअक्साइड उत्पादन घटाएबापत ठुला शक्ति राष्ट्रलाई एउटा फरक खाले मान्यताको कुरा गरेको छ जसले नेपाल जस्ता देश र बिकशित देशको दुईपक्षिय लगानीको कुरा गर्छ । क्लिन डेपलपमण्ड मेकानिज्म नाम दिइएको उक्त योजनाले बिकसित राष्ट्रले विकासउन्मुख देशमा नबिकरणिय उर्जाको स्रोत स्थापना गरि कार्बनडाइअक्साइड उत्पादन घटाए बापतको प्रमाणपत्र प्राप्त गर्छ । यसो गर्दा विकास विकासउन्मुख देशमा हुन्छ भने प्रमाणपत्र लगानीकर्ता देशले प्राप्त गर्छ । यस्ता योजनाहरुमा माइक्रोहाईड्रो , गोबरग्याँस, सौर्यउर्जा, बायुउर्जा आदि पर्छन । यस प्रकारका धेरै योजनाहरु नेपालमा भित्राउन सकिन्छ जसले देशको चौतर्फी बिकासमा ठुलो सहयोग पुर्याउने छन । इति श्री ।
                                                              
                                                                                                                                 

                                                        सम्पर्क : duo.fello@gmail.com


Tuesday, 15 April 2014

शब्दहरुको आँखीझ्याल बाट नँयाबर्ष

 शब्दहरुको आँखीझ्याल बाट नँयाबर्ष 
                      Patharyodash Pramil
                                                   duo.fello@gmail.com

समय अभिछिन्नता र निरन्तरता हो, यसमा अल्पबिरामको प्रयोग गरेर साना साना टुक्राहरुमा विभक्त गर्नु यसप्रतिको ज्ञानलाई सरलीकृत गर्नु मात्र हो अर्थात समयको मुर्त सुरुवात र अन्त्य दुवै सम्भब छैन यसलाई वर्षहरुमा बिभाजन त केवल मानवीय विवेकले मात्र गरेको हो । हो,त्यहि मानवीय बिबेक अहिले पर्यावाची बनेको छ सुरुवातको , संकल्पको र निश्चयताको । जसरी नित्य स्नान पश्चात मानिस फुर्तिलो अनुभब गर्छ उस्तै तर फरक शैलीको रिफ्रेसमन्ट बनेको छ नँया बर्ष । नँया वर्ष अर्थात नँया जोस, नँया उमङ्ग। प्रयोगले निरन्तरता पाउँदै जाँदा हाम्रा दैनान्तित क्रियाकलापहरु पनि बर्षहरुमा टुक्रयाइयो।जस्तो कि नयाँ बालक स्कूल भर्ना गर्ने उमेर छ बर्ष, सेवा निबृत हुने उमेर साठी बर्ष, शैक्षिक सत्रको पुरा अवधि एक बर्ष, आदि आदि । यसले समयको स्पस्ट रेखांकन दियो र मानिसहरुलाई जानकार पनि बनाईदियो समय प्रति ।
यसो सोचौ त मौसम यदि चक्रीय पथमा नहिड्ने हो भने प्रतेक बर्षका बैशाखहरुमा बाताबरणको तात्त्विक भिन्नता अनुभब हुँदो हो तर प्रकृतिलेनै यो कुरालाई असम्भब बनाईदिएको छ । उसो त उही महिनाहरुमा फरक मौसम अनुभूत नहुने हैन हुन्छ तर ज्यादातर अन्तर पाइदैन। यहि कारणलेनै मान्छेहरुलाई नँया सुरुवातको अनुभब हुन्छ प्रतेक नँयाबर्षमा । यति हुँदाहुँदै पनि नँयाबर्ष पुरानै कुराको नँया अवसर हैन, जुन कालखण्ड बितेर गईसक्यो त्यसको रिपिटेसन सम्भब छैन जस्तो कि ट्याब्लेट, कम्प्युटरहरुमा खेलिने खेलमा लाइफ रहुन्जेलमात्र फेरी दोहोराएर खेल खेल्न पाईन्छ । खेल खेल्न त पाईन्छ तर अवस्था पुरानै रहदैन, हो त्यस्तै शृंखला हो नँयाबर्ष । अवसर पनि हो यो यस अर्थमा कि नँया हाईट स्कोर बन्न पनि सक्छ । तर जीवन अलिक फरक छ पुरानै पथबाट नहिड्न पनि त सक्छ ।

जसरी होस देश बिक्रमादित्यको २०७० सालबाट गुज्रिसकेको छ र हामीहरुले पनि बिताईसकेका छौ । कसैलाई बर्ष शुभ रहे होला त कसैलाई ठिकठिकै त कसैलाई झुर पनि । बिग्रेका कुराहरुको पश्चत्तापले अब निल्ने गाँस पनि तितो हुनेछ र २०७१ साल पनि खल्लो । राम्रा कुराहरू सम्झनु , लागु गर्नु र पुराना कुरा बिर्सनुमा सबैको बेस होला, बेस होस। यस्तै सत्तरी साल अक्षरहरुको लागि मध्यम रह्यो । लेख्नेहरुले चर्चा पनि पाए । मोफसलमा केहि नँया साहित्तिक संथाहरुको जन्म भयो, खैर तिनले अब आउने बसन्तहरु कसरी बिताउने हुन त्यो हेर्ने बाँकि छ । कार्यक्रमको हकमा उस्तै कार्यक्रमले निरन्तरता पाए भने केहि उलेखनीय/ हुनैपर्ने कार्यक्रमहरु आयोजना भएनन् , केहि नँया कार्यक्रम पनि भए । राष्ट्रिय मुक्त्तक प्रतिष्ठानको मूल आयोजना र मुक्तक मंच पोखराको सहकार्यमा राष्ट्रिय मुक्तक गोष्ठी संम्पन्न भयो । जे होस लेख्नेहरुले सुनाउने केहि अवसर पाए, नँया पढ्नेहरु पनि थपिए ।
साहित्तिक वृतमा बिबिध बहसहरु भइनै रहे । कसैले अक्षरहरुको संगति र निर्माणको पद्दतिमै रटान लिए बिशेष कविता, गजल र मुक्तकको हकमा । कसैले भाबको सम्प्रेसण र बिषय उठानमा महत्ता दिए ।तर जे गरे आफ्नै कुरा गरे अरुको कुरा सुने नसुनेझैँ गरे । पहिला झैँ कति नँया आउनेहरु अन्योलमा परे, कतिले एउटा पक्ष समाते र कति मझधारबाट आगाडी बढे । सबैभन्दा बढी गजल लेख्न खोज्नेहरु अनि बल्ल अरु विधामा लेखनी चलाउन खोज्नेहरु भित्रिए भन्दा फरक नपर्ने देखियो ७० कोबर्षभरि । अरु लेख्न खोज्नेहरु पनि उलेख्य भित्रिए लेखनको माहोलमा । लेखन र अध्ययन परिपुरक कुरा हुन । दुवै बिना एक अर्काको सम्भब छैन । देशका विभिन्न ठाउँका पुस्तक प्रदर्शनीले यो कुरामा बिशेष टेवा पुर्याए । आम सन्चार जगत र लेख्नेहरुले पनि सामाजिक संजाललाई बहुतै प्रयोग गरे खासगरी फेसबुक र ट्वीटर, सूचना प्रवाह गर्न र साना रचना पस्किन ।  
मोफसल र राजधानी सबैतिरबाट केहि पुस्तकहरु प्रकाशित पनि भए, चर्चा पनि भयो । पोखराबाट सरस्वती प्रतिक्षाको “बागी सारंगी”, शरणआँसुको “असमय” कविता सङ्ग्रह चर्चामा रहे । देशभरि नै गजल सङ्ग्रह छापिए । शब्दघर प्रकाशनको बिसजना गजलकरको संयुक्त गजल संग्रह “ कैफियत” पनि चर्चामा रह्योत्यस्तै समर प्रकाशको गजल सङ्ग्रह “पर्खाल” पनि बर्षको अन्त्य तिर छापियो र बिमोचन हुने तरखरमा छ  । राजधानीबाट दुई युवा कवि निरज भट्टराईको “धुँवाको धागो  र राबतको “राजधानी मास्तिरको राजधानी” कविता संग्रह प्रकाशित रहे । बर्षको अन्त्यमा रमेश सायनको “भागेर भूगोलभरि ” को पनि बिमोचन भयो । यी केहि नामहरु मात्र हुन, बर्षभरिनै साहित्यले नयाँ नयाँ कृतिहरु पाईरह्यो । मदन पुरस्कार राजन मुकारुङको उपन्यास “दमिनी भिर”ले हुत्यायो ।    
देशले केहि स्रस्टाहरु गुमायो पनि, पोखराले कबि तथा गीतकार बिनोद गौचनलाई गुमाउनु पर्यो ।
मोफसलको पोखराको लागि पनि ७० साल उलेखनीयनै रह्यो । गजल सन्ध्या पोखराको नियमित रचना बाचन, पोखरेली युवा सांस्कृतिक परिवारका समता सृंखलाहरु, इन्सास पश्चिमान्चलको नियमित रचना वाचन, मुक्तक मन्च पोखराको नियमित रचना बाचन जस्ता कार्यक्रमहरु भइनै रहे । र्यान्डम रिडर्स सोसाइटीले बिबिध कृति तथा लेखनको चर्चा गरिनै रह्यो । केहि एकल वाचनहरु पनि सम्पन्न भए ।

अब यत्तिले चित्त बुझाएर पुग्दैन, पोखराको लेखनले केहि नँया मागेको छ । साहित्तिक संथाले ति कुराहरुमा ध्यान दिन सकुन र २०७१ सालले लेखनको वृतमा केहि नँया छोड्न सकोस सतत शुभकामना । इति श्री । 
------------------------------------------------------------------------------------------------------------------------------------------------------
                                                                   हटलाईन राष्ट्रिय दैनिकबाट 

Monday, 7 April 2014

मैले देखेको पोखरा : विकास र प्रबिधि

·      
     मैले देखेको पोखरा : विकास र प्रबिधि 

·                                       kY¥of]bfz k|ldn
·        Email :  duo.fello@gmail.com
       kv{fn leqaf6    

इन्जिनियरिंग अध्यन सुरु गरे देखिनै मलाई कुनै न कुनै देखिने गरि परिवर्तन गर्न सकियोस भन्ने चाहनाले छोपेको हो । उसो त देशमा अबधारणाको खाँचो भन्दा ब्यबहारिक सोचको खाँचो महसुस भैरहेको छ यतिखेर । दिनहुँ नयाँ नयाँ योजना त बनेका छन तर तिनलाई न प्रयोगमा उतारियो न उतार्ने प्रयत्न नै गरियो । “वर्ड्स टु डीड” अर्थात शब्दलाई कार्यरुप दिन त्यति सजिलो छैन जति सहज परिकल्पना गर्दा हुन्छ । बर्षेनी हज्जारौ सम्बन्धित कार्यक्षेत्रका बिशेषज्ञहरु उत्पादन भैराखेको यो अवस्थामा नयाँ नयाँ सोच र योजनाको परिकल्पना हुनु कुनै नौलो कुरा हैन तैपनि त्यस्ता सोच र परिकल्पनाको आफ्नै किसिमको महत्व छ र रहिरहनेछ । देशसँग अहिले सबैथोक छन योजना बनाउने योजनाकार, कार्यरूप दिने म्यानेजर र काम गर्न सक्ने बेरोजगार युवाहरुको लामो ताँती तैपनि सानो पुँजी र अदुरदर्शीताले हामी दिनानुदिन पछी परिरहेछौ अब पनि हामीले हाम्रो यो कार्य शैलीलाई परिवर्तन गर्न सकेनौ भने न देश बन्छ न हाम्रा सन्ततिले सुख प्राप्त गर्ने सक्नेछन।

देशमा यतिखेर केहि ठुला र महत्वकान्क्षी योजनाहरुको आवश्यकता छ । दिनहुँ हुने लोडसेडिङ समस्या समाधान र व्यापक औधोगिक उत्पादन बृदिको लागि जलबिधुत परियोजना, यातायातको सेवा र सुबिधाको लागि ठुला हाईवे तथा रेलमार्ग र अन्य यस्तै यस्तै अन्य योजनाहरु । त्यसो त भौतिक संरचना निर्माणनै सबै विकास होइन तर भौतिक संरचना र खासगरि भरपर्दो यातायात ब्यवस्ता अहिले सबैभन्दा ठुलो आवस्यकता हो । लोडसेडिङ रहित देश र सुब्यबस्तित यातायातको परिकल्पना मात्र गर्ने हो देश अहिलेको अवस्था भन्दा कयन गुना राम्रो अवस्थामा पुग्न सक्छ । प्रतक्ष्य हेर्दा नदेखिए पनि यसले शिक्षा र रोजगारको ठुलो समस्यालाई समाधान गर्न सक्छ । देशमा आर्थिक र औधोगिक क्रान्तिको जुन कुरा गरिन थालिएको छ त्यसका लागि यस्ता योजनाहरु अबिलम्ब सुरु गरिनुपर्छ ताकी परिवर्तनको लागि आबश्यकिय बाताबरण निर्माण होस । तर यति हुँदाहुँदै पनि सानो पुँजी र थोरै कसरतमै सम्पन्न हुनसक्ने योजनाहरुलाई बिर्सिनु हुदैन जसले बिकासमा ठुलै हिस्सा ओगट्छन । देशका विभिन्न ठाउँमा सन्चालन हुन सक्ने त्यस्ता धेरै साना तर महत्वपूर्ण योजनाहरु धेरै छन जुन भौगोलिक आबस्यकता र वर्तमान  बिकासको परिस्थितिको आधारमा निर्धारित हुन्छन । जसको चर्चा भबिश्यका “पर्खाल भित्रबाट” शृंखलामा भइनै रहनेछ ।
      
पोखरा आफ्नो सुन्दरताले चर्चित सहर हो । पोखरामा विकास संगसंगै यसको “कस्मेटिक कन्सर्न”मा पनि उत्तिकै ध्यान दिनु जरुरी छ जसले गर्दा यसको पहिचान र पर्यटन ब्यबसाय धरासायी नहोस । हिजोआज विकास सापेक्षिक परिभाषित छ त्यसैले यस्ता कुराहरुमा ध्यान दिन सकियो भने पोखरा सांचिकै सुन्दर र शान्त हुन सम्भब छ । शहरी विकास योजना अन्तर्गतका स-साना कार्यक्रमले पोखरालाई दिगो रुपमा सुन्दर बनाउन सकिन्छ । कटु सत्य के हो भने पोखरा हिजो जस्तै सुन्दर र सफा छैन , बढ्दै गैरहेको अब्यबस्तित शहरिकण र प्रशाशकिय अकर्मन्यताको चपेटामा यो नगर सबैभन्दा अगाडी छ । हिजोको पोखराबाट आजमा द्रुततर गतिमा परिवर्तन हुनुपर्ने हो जुन कछुवा गतिमा मात्र भइरहेछ र देखिने गरि कमै मात्र विकासका कार्यक्रम तर्जुमा गरिएको छ । लेखकले पोखरामा त्यस्ता धेरै क्षेत्रहरु देखेको छ जसमा सानो लगानी र मिहेनतले ठुलै उपलब्धि हात पार्न सकिन्छ । तिनको यँहा सम्भब भएसम्म चर्चा गरिनेछ । 

  
पोखरामा बिगत केहि बर्षदेखि भित्राईएको योजना हो सोलार लाईट । पोखरा धेरै वर्षा हुने क्षेत्र हुँदाहुँदै पनि यो सौर्य उर्जाको सहजै प्रयोग गर्न सकिन ठाउँ हो । पोखराका सबै स्ट्रिट ल्याम्प लाई सोलार ल्याम्पमा मात्र परिवर्तन गर्ने हो भने यो देशकै पहिलो सोलार सिटी र विश्वकै उर्जामैत्री शहरमध्धे एक हुनसक्नेछ । यो उदाहरनिय काम त्यति खर्चिलो काम होइन जसले बैकल्पिक उर्जा प्रवर्धनमा ठुलो टेवा पुर्याउने छ । यसप्रकारको ल्याम्पमा डिसी करेन्टबाट बल्ने लेडबत्ति प्रयोग गरिने हुँदा पिक आओरमा समेत विधुतीय खपतमा केहिहद सम्म ह्रास आउने छ । यसै सिस्टममा एउटा सानो सर्किट प्रयोग गरेर अँध्यारोमा आफै बल्ने र उज्यालोमा निभ्नेगरि संयोजन गर्न मिल्छ । यो सर्किट पचास रुपैंयामा भन्दा कम लागतमै निर्माण गर्न सकिन्छ । पोखरा हिजोआज बेलुका अबेर सम्म खुल्न थालेको छ , र रात्रीजीवनलाई यो कार्यले धेरै हदसम्म सहज बनाउने छ ।  

पोखरामा जब घरहरुको अब्यबस्थित चाप बढ्दै गयो रोडको दाँया र बाँया बिधुत प्रसारणको लागि गाडिएका पोलमा तारहरु माकुरोको जालो जस्तै बेरिएर नगरलाई पुरै कुरूप बनाइदिए । यदि पोखरालाई केहिले कुरूप बनाएको छ भने पोलको वरिपरी टाँगिएका नाङ्गो तार, केबुल र टेलिफोन लाईनले नै हो । यो समस्यालाई अहिलेनै ब्यबस्थित तरिकाले समाधान गर्न सकिन्छ । विश्वका कुनै पनि ठुला सिटीमा स्ट्रिट ल्याम बाहेक , एरियल ट्रान्स्मिसन सिस्टम प्रयोग गरिदैन । अहिले काठमाडौँले भोगेको समस्या पोखराले भोग्नु हुँदैन । पोखराको यो समस्या समाधान गरियो भने यो नेपालको नमुना शहरको रुपमा बिकसित हुनेछ । पोखरा महानगर भित्रमात्रै प्रसारण लाईन भूमिगत ( underground ) गर्न ठुलो मिहेनत गर्नु पर्दैन तर तुलनात्मक रुपमा यो स्ट्रिट ल्याम्पको कार्ययोजना भन्दा महगो र महत्वकाक्षि भने छ । यसको लागि पोखरामहानगर , नेपाल बिधुत प्राधिकरण र सरकारको त्रिपक्षिय सहकार्य जरुरी छ । यसको लागि सबैभन्दा पहिला महानगर क्षेत्रभित्रको मुख्य प्रशारक लाईन जसमा ३३००० भोल्टको बिधुत प्रवाह हुन्छ तेस्लाई अन्डर गराउन्ड गराउनु पर्ने हुन्छ र बाँकि शाखा प्रशारक लाईनलाई क्षेत्रगत रुपमा अन्डर गराउन्ड बनाउन सकिन्छ । विभिन्न प्रयोजनका लागि सडकलाई पटक पटक खन्ने र भत्काउने गर्नुभन्दा सडकको छेउमा सडक विस्तार अगावै यो योजना सुरु गर्नु आवश्यक छ । यदि यो काम मात्र सम्पन्न गर्न सकियो भने पोखरा ब्यबस्थित मात्र हैन सफल पनि हुन्छ ।

अर्को यस्तै सम्पन्न गर्न सकिने क्षेत्र हो इन्टरनेट । पोखरा पर्यटकिय क्षेत्र हो यँहा सूचना तथा संचारको( इन्फोर्मेशन एण्ड कम्युनिकेसन टेक्नोलोजी, ICT ) समान्तरिय विकास आवश्यक छ ।इन्टरनेट सहितको सिटी अर्थात ई-सिटीको रुपमा पोखरालाई परिवर्तन गर्न विभिन्न ठाउँमा हटस्पट ( ताररहित इन्टरनेट छोड्ने ठाउँ) निर्माण गरिनु पर्छ । यो खर्चिलो काम हैन , नेपाल टेलिकम वा अन्य इन्टरनेट सेवा प्रदायक संथा सँग समन्वय गरि विभिन्न ठाउमा प्राथमिकताको आधारमा बनाउन सकिन्छ । यी र यस्तै योजनाहरू सम्पन्न गर्न सकेको खण्डमा पोखरा सांचिकै सुन्दर पोखरा हुन सक्छ कि ? इति श्री ।