बिश्वास
पुरानो फिल्मी भिडियो
दात नभएकी हजुरमाको दन्त्यकथा
गामको पुरानो चिया पसल जता-ततै
प्रेमीको गरुण छायाँ पर्ने बित्तिकै
मान्छे आँखा देख्दैनथ्यो
मान्छे कान सुन्थैन्थ्यो
मान्छे अर्कै होइजान्थ्यो तर
मैले कहिल्यै बिश्वास गरिन।
हुन सक्छ कथाहरुमा जस्तै
तिमी थोरै उघ्रिएको दिलको चेपबाट
सिनेमामा जस्तै
प्यासका मरुभूमि आँखाबाट
वा चिया पसल जस्तै
भद्दा तर खुला पलटहरुबाट
कसरी-कसरी
मेरो आलिसान सपनाको
अन्तिम तला सम्म आयौ
तर मैले बिश्वास गरिन
म अन्धो बहिरो र बेहोसी भएको ।
मेरो सपनाको अन्तिम तालाबाट
तिमीले आफ्ना सपनाहरुको गज नाप्यौ
रहरहरुको पखेटा फिजाएउ
मलाई तिम्रो आफ्नो गतिमा मिसाईदियौ
र माथिल्लो तलाबाट निलो गगन देखाउदै भन्यौ
यँहाबाट निस्फिक्री उड्न
हावामा मिसिन
निलो गगनको गर्तमा हराउन
कस्तो रमाइलो हुन्छ होला
?
डोरी नलगाईकनै
मैले आफ़्नै सपानाको अन्तिम तलाबाट हामफाले
उत्कर्समा उद्देलित हुदै हराईदिए आफैमा
र बिस्तारै खस्दै गए आफ्ना पुराना सपनाको तलाहरुबाट
अन्तिम तलाबाट तिमी मुस्कुराएको
तिमी खुसीले चिच्चाएको
हेर्दा-हेर्दै
अँह, मलाई सम्झनै मन लागेन
दन्त्य कथा, फिल्मी कहानी र बेसरम जोक्स।
अहिले भर्खरै
तिमी चाहानाको लिफ्टबाट
सुरक्षित ओर्लिएपछि
पृथिबी सब उल्टो घुमिरहेछ
No comments:
Post a Comment