Saturday, 9 November 2013

गजल

ऊसैको जित ऊसैको मान पनि
साहुकै भयो खेत खलियान पनि

जिन्दगी सुम्पेर पुरै , पुगेन अरे
लान्छु भनेको छ मेरो चिहान पनि

कमाइले धान्दैन ,पिरमा छ छोरो 
आमाबाउको एकमुठि परान पनि

तिम्रो आचलको फेरोमा सुस्तउदा
हराउछ जीवनभरको थकान पनि

कतिबेला कतिबेला, पत्तै हुदैन
हातबाटै भर्छ समय उडान पनि